जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • सिटी एक्सप्रेसबाट ५३ हजार रेमिटेन्स पठाएका तामाङलाई मेगा बम्पर उपहारबापत ५ लाख ३० हजार

सिटी एक्सप्रेसबाट ५३ हजार रेमिटेन्स पठाएका तामाङलाई मेगा बम्पर उपहारबापत ५ लाख ३० हजार

सिटी एक्सप्रेस मनी ट्रान्सफरको ‘विदेशबाट सिटी पठाऔं, पठाको भन्दा १० गुणा बढी पाऔं’ योजना अन्तर्गत मेगा बम्पर उपहार राजु तामाङले जितेका छन्।

सिटी एक्सप्रेसले आइतबार प्रबन्ध निर्देशक चन्द्र टण्डन र आफ्ना ब्राण्ड एम्बास्डर जितु नेपालको उपस्थितिमा विद्युतीय प्रणालीबाट विजेताका रुपमा तामाङको नाम छनोट गरेको हो।

तामाङले साउदी अरबबाट रेमिटान्स पठाएका थिए। उनले ५३,०७५ रुपैयाँ पठाएकामा त्यसको १० गुणा अर्थात ५ लाख ३० हजार ७५० रुपैयाँ जितेका हुन्।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत असोज १५ देखी मंसिर १५ गते सम्म उपहार योजना सञ्चालन गरेको थियो।

सोही योजनाअन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १ जनालाई जनही १ लाख, हरेक हप्ता ५ जनालाई जनही २५ हजार र

६१ दिन लगातार १०० जनालाई जनही ५०० रुपैयाँ वालेट टप् अप् प्रदान गरिएको थियो।

5025
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो कि?