जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बैंकर्स संघ साधारणसभा पुस दोस्रो साता: उपाध्यक्षसहित ३ जना नयाँ अनुहार आउने

बैंकर्स संघ साधारणसभा पुस दोस्रो साता: उपाध्यक्षसहित ३ जना नयाँ अनुहार आउने

उपाध्यक्षसहित अन्य दुई कार्य समिति सदस्य चयन गर्न नेपाल बैंकर्स संघले पुस मध्यमा वार्षिक साधारणसभा डाक्ने भएको छ। मंगलबार संघको कार्य समितिले वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन पारित गर्दै पुस दोस्रो साता साधारणसभा डाक्ने निर्णय गरेको छ।

यसपालीको साधारणसभाले रिक्त रहेको उपाध्यक्ष चयन गर्ने छ। नेपाल एसबीआइ बैंकका अनुकुल भटनागर माउ कम्पनी फर्किएपछि उपाध्यक्ष पद खाली छ। यसबाहेक माछापुच्छ्रे बैंकबाट राजीनामा गरेर बाहिरिएका सुमन शर्माको पद पनि खाली छ। साथै सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङको सदस्यमा दोस्रो कार्यकाल पनि सकिँदैछ।

यी तीन वटा पद संघको साधारणसभाले पूर्ति गर्नु पर्नेछ। संघका पदाधिकारीहरुले उपाध्यक्षमा अलिकति पुराना र खारिएका ब्यक्ति आउन् भनेर प्रयास गर्ने भएका छन्। तर, सबभन्दा पहिले कसको इच्छा कस्तो छ भनेर बुझ्ने प्रयास गरिने छ।

‘बाहिर फोरमहरुमा जाँदा पनि बेग्लै खालको उपस्थिति होस्। नियामक, अर्थमन्त्रालयलगायतले गर्ने ब्यवहार पनि फरक परोस् भन्ने हो। यसका लागि फ्रन्ट लाइनमा केही ठूला बैंकका सिइओहरु आएको राम्रो हुन्छ,’ कार्य समितिका एक सदस्य बैंकरले भने, ‘वरिष्ठ बैंकरहरु मलाई रुचि छैन भन्नु हुन्छ। साना बैंककाहरु मात्र अगाडि सर्छन्। यसले पनि अलिकति ब्यवस्थापन गर्न गाह्रो हुने रहेछ।’

संघले केही दिनमै उमेद्वारी दाबी गर्न आह्वान गर्नेछ। त्यसपछि १४ वा १५ गते साधारणसभा डाक्ने छ। संघको अध्यक्षमा भुवन दहाल छन्। उपाध्यक्ष स्वतः अध्यक्ष हुने संघमा एक खालको समझदारी छ ।

3490
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका