जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • गरिमा विकास बैंकको नाफा ३६.६३ प्रतिशतले बढ्यो, निक्षेप ५९ अर्ब पुग्यो

गरिमा विकास बैंकको नाफा ३६.६३ प्रतिशतले बढ्यो, निक्षेप ५९ अर्ब पुग्यो

बैंकले प्रकाशित गरेको चैत मसान्तसम्मको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार बैंकले ६७ करोड ८२ लाख रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्ष चैत मसान्तमा बैंकको नाफा ४९ करोड ६४ लाख रुपैयाँ रहेको थियो ।

बैंकले ब्याज आम्दानीबाट १ अर्ब ३५ करोड रुपैयाँ कमाएको छ ।

३ अर्ब ६७ करोड चुक्ता पूँजी रहेको गरिमा विकास बैंकले चैत मसान्तसम्मको नाफाबाट मात्र सेयरधनीलाई बाड्न मिल्ने नाफा ४९ करोड रुपैयाँ गरेको छ ।

५९ अर्ब २० करोड रुपैयाँ निक्षेप संकलन गरेर गरिमा विकास बैंकले ५० अर्ब रुपैयाँ कर्जा दिएको छ । अघिल्लो वर्षको चैत मसान्तमा निक्षेप ४२ अर्ब ४३ करोड थियो भने कर्जा ३४ अर्ब ८६ करोड थियो ।

पूँजीकोष अनुपात ११.६३ प्रतिशत रहेको गरिमा विकास बैंकको खराब कर्जा अनुपात ०.५८ प्रतिशत छ । यस्तै कर्जा निक्षेप अनुपात ८०.२८ प्रतिशत छ भने बेसरेट ८.१६ प्रतिशत छ ।

6240
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका