जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • लुम्बिनी विकास बैंकका एकै दिन तीन शाखा उद्घाटन

लुम्बिनी विकास बैंकका एकै दिन तीन शाखा उद्घाटन

लुम्बिनी विकास बैंकले सोमबार तीन ठाँउमा सोमबार एकै दिन तीन वटा शाखाको विस्तार गरेको छ। बैंकले झापाको विर्तामोड, दमक र नवलपरासीको कावासोतीमा शाखा विस्तार गरेको हो। यो सँगै लुम्बिनी विकास बैंकका मुलुकभर ७० शाखा पुगेका छन्।

झापाको दमकमा एक कार्यक्रमका बीच सोमबार बैंकका सञ्चालक केशव खतिवडा र दमक नगरपालिका वडा नम्बर ६ का अध्यक्ष टेकबहादुर थापाले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरे।

‘दमकमा लुम्बिनी विकास बैंकले शाखा विस्तार गरेर नगर तथा वडासँग सहकार्य गर्दै सेवा प्रदान गर्ने सञ्चालक खतिवडाले बताए । सेवाग्राहीलाई विश्वसनीय ढंगले सेवा प्रवाह गरिने उनले बताए। दमकमा लुम्बिनीले शाखा विस्तार गरेसँगै सो क्षेत्रमा बैकको संख्या पनि १९ पुगेको छ।

बैंकका सञ्चालक केशव खतिवडा, प्रताप कुमा आचार्य र कार्यकारी अधिकृत नरेशसिंह बोहराले सेवाग्राहीलाई बैंकले दिने सुविधामा कुनै कन्जुस्याइँ नगर्ने बताए।

9275
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका