जोडिनुहोस
बिहिबार, माघ २३, २०८२
बिहिबार, माघ २३, २०८२
  • होमपेज
  • अख्तियारको एक्सनमा ठुला भ्रष्टाचारका आरोपित : शर्मालाई बयानका लागि सात दिने सूचना

अख्तियारको एक्सनमा ठुला भ्रष्टाचारका आरोपित : शर्मालाई बयानका लागि सात दिने सूचना

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठुला भ्रष्टाचारका आरोप लागेका व्यक्तिमाथी अनुसन्धान शुरु गरेको छ । राजश्व विभागबाट निलम्बन गरिएका तत्कालिन महानिर्देशक चुडामणि शर्मालाई बयानका लागि बोलाएको छ । शर्मालाई सात दिनभित्र अख्तियारमा उपस्थित हुन सार्वजनिक सूचना जारी गरिएको हो ।

पत्र काटेर बोलाउँदा समेत बयानका लागि नआएपछि उनलाई सार्वजनिक सूचनाद्वारा आउन भनिएको हो । आयोगको टंगालस्थित कार्यालयको ११४ नम्बरमा सम्पर्क गर्न शर्मालाई भनिएको छ। शर्मा तोकिएको समयमा हाजिर नभए पक्राउ गरिने अख्तियारले जनाएको छ।

अख्तियार प्रमुख आयुक्तमा प्रेमकुमार राईले काम थालेपछि ठूलो भ्रष्टाचार प्रकरणको छानबिनले तिव्रता लिएको छ । गैरकानूनी कर फछ्र्यौट प्रकरणमा शर्मा मुछिएका छन् । कर फछ्र्यौट आयोग, २०७१ बाट कर फछ्र्यौटका लागि सम्झौता भएका विभिन्न करदाताहरूसँग लाभ लिएर राज्यलाई ठूलो आर्थिक नोक्सानी गरेको अभियोग शर्मालाई लागेको छ ।

8095
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका