जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • संस्थापकले किनेनन् प्रभु बैंकको शेयर, सर्वसाधारणमा बिक्री खुल्यो

संस्थापकले किनेनन् प्रभु बैंकको शेयर, सर्वसाधारणमा बिक्री खुल्यो

प्रभु बैंक लिमिटेडले विद्यमान संस्थापक शेयरधनीहरूमा विक्री हुन नसकेको १ लाख ६० हजार २०९ कित्ता संस्थापक शेयर सर्वसाधारणले समेत खरिद गर्न पाउने गरी विक्रीमा ल्याएको छ । यस अघि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरी कम्पनीले यी शेयर विक्रीका लागि ३५ दिने सूचना जारी गरेको थियो ।

पहिलो चरणमा विद्यमान संस्थापक शेयरधनीहरूमा विक्री हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाहरूलाई विक्री गर्न सकिने व्यवस्था बमोजिम कम्पनीले यी शेयर विक्रीमा ल्याएको हो । इच्छुक विद्यमान संस्थापक शेयरधनी र अन्य व्यक्ति तथा संस्थाहरूले आगामी १५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । आवेदन कम्पनीको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा पेश गर्नुपर्ने जानकारी कम्पनीले दिएको छ । 

495
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका