जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • लिटमस केबलको ब्राण्ड एम्बेस्डरमा राजेश हमाल र मधु भट्टराई नियुक्त

लिटमस केबलको ब्राण्ड एम्बेस्डरमा राजेश हमाल र मधु भट्टराई नियुक्त

लुम्बिनी विद्युत् उद्योगले ब्राण्ड एम्बेस्डरमा राजेश हमाल र मधु भट्टराईलाई नियुक्त गरेको छ । कम्पनीले आगामी २ वर्षका लागि हमाल र भट्टराईलाई ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको हो ।

कम्पनीले प्रबद्र्धन गर्ने विभिन्न समारोह, विज्ञापन, समाजिक उत्तरदायित्वका कार्यक्रममा उनीहरुको उपस्थिति रहनेछ ।

लुम्बिनी विद्युत् उद्योग सन् १९७७ मा स्थापित नेपालको पहिलो आल्मुनियम कन्डक्टर स्टिील रेइनफोर्स्ड निर्माण कम्पनी हो । कम्पनीले हालै नयाँ संरचनाको विकास गरी आफ्ना विभिन्न उत्पादनहरु बजारमा बिक्री वितरण गर्दै आइरहेको छ ।

चार दशकदेखि कम्पनीले विभिन्न प्रकारका तार र केबलहरू उत्पादन गर्र्दै आएको यस कम्पनीले हालै जर्मन प्रविधियुक्त नयाँ एडभान्स मेसिनहरुबाट आफ्ना उत्पादन गर्दै आइको छ ।

‘कम्पनीले हालै एड्भान्स जर्मन प्रविधियुक्त मेसिन प्रयोग समेत गर्दै आइरहेको छ,’ कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक रोहित गुप्ताले भने ।

‘ब्राण्ड एम्बेस्डरमा हामीलाई नियुक्त हुनअघि कम्पनीका विभिन्न उत्पादन युनिटहरुको अवलोकन एवम् जानकारी हासिल गर्यौं । वास्तवमै यस्तो एड्भान्स जर्मन प्रविधिको प्रयोग गरी यति ठूलो क्षेत्रफलमा विद्युत् केबल उत्पादन गर्ने सम्भवतः यो नै पहिलो नेपाली कम्पनी हो भन्नेमा हामी विश्वस्त भयौं,’ राजेश हमालले भने ।

लुम्बिनी विद्युत उद्योग नेपालको सबैभन्दा ठूलो निजी औद्योगिक एवं व्यापारिक समूहमध्ये एक हो । यो रमेश कर्पको भगिनी संस्थाका रुपमा रहँदै आएको छ । कम्पनी बुटवल औद्योगिक क्षेत्र बुटवलमा अवस्थित छ

4390
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका