जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • एनसेलले ल्यायो अनलिमिटेड र अल नेटवर्क प्याक

एनसेलले ल्यायो अनलिमिटेड र अल नेटवर्क प्याक

एनसेल आजियाटा लिमिटेडले आठौं संविधान दिवसको अवसरमा आइतबार (असोज २) बाट लागु हुने गरि नयाँ दुई विशेष अफर संचालन ल्याउँदै छ । यो अफर अन्तर्गत ग्राहकहरुले आकर्षक अनलिमिटेड डेटा र अन नेट भ्वाइस प्याकका साथै अल नेट भ्वाइस र एसएमएस प्याकको फाइदा लिन सक्छन् । यी प्याकहरु आइतबारबाट तीन दिनका लागि मात्र संचालनमा रहनेछन् । यसको मतलब ग्राहकहरुले यी प्याकहरु आइतबार देखि मंगलबार अर्थात असोज २ देखि ४ गतेसम्ममात्र लिन पाउँनेछन् । असोज ३ गते सोमबार आठौं संविधान दिवस मनाईदै छ ।

ग्राहकहरुले एक दिन समयावधि रहेको अनलिमिटेड डेटा र अन नेट भ्वाइस प्याक कर सहित रु ५९ खरिद गर्न सक्छन् । यो प्याक सुचारु गरेपछि ग्राहकले एक दिन अर्थात २४ घण्टासम्म अनलिमिटेड डेटा र अन नेट भ्वाइस सेवा लिन पाउँछन् । एनसेल बाहेक अन्य सेवा प्रदायकका नम्बरहरुमा यो अफर अवधिभर अझ सुलभ दरमा कल गर्न र एसएमएस पठाउन ग्राहकले मात्र रु ९५ मा २०० मिनेट अल नेट टक टाइम र २०० वटै एसएमएस बन्डल भएको प्याक लिन सक्छन् । यस प्याकमा पाइने अल नेट टक टाइम र एसएमएसको समयावधि ३ दिनको हुन्छ ।

संविधान दिवसको अवसरमा ल्याइएका दुवै प्याकले ग्राहकलाई ठूलो महत्व राख्ने विश्वास रहेको एनसेलले जनाएको छ । यी प्याकमार्फत ग्राहकले अझ सुलभ दरमा भ्वाइस, डेटा र एसएमएस सेवा लिन सक्छन् ।

1335
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका