जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • नेपाल बंगलादेश बैंकको नाफा ८४ प्रतिशतले बढेर २ अर्ब २९ करोड, खुद ब्याज आम्दानीमा गिरावट

नेपाल बंगलादेश बैंकको नाफा ८४ प्रतिशतले बढेर २ अर्ब २९ करोड, खुद ब्याज आम्दानीमा गिरावट

नेपाल बंगलादेश बैंकले ८४.१६ प्रतिशतले नाफा बढाएको छ। बैंकले आइतबार गत आर्थिक बर्षको वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा २ अर्ब २९ करोड २५ लाख रुपैयाँ भएको जनाएको छ।

बैंकको अघिल्लो आर्थिक बर्ष खुद नाफा एक अर्ब २४ करोड ४८ लाख रुपैयाँ थियो। बैंकको नाफामा ब्याज आम्दानीले खासै योगदान भने गरेको छैन। बैंकले अन्य आम्दानी बढाएर नै नाफामा सुधार गरेको हो।

वित्तीय विवरण अनुसार, खुद ब्याज आम्दानी ७.५ प्रतिशतले घटेको छ। बैंकले गत बर्ष खुद ब्याज आम्दानी २ अर्ब ६३ करोड रुपैयाँ मात्र गरेकोछ ।

बैंकको खुद नाफामा खुद ब्यापार आम्दानीक योगदान ठूलो छ। बैंकले आफ्नो स्वामित्वमा रहेको विभिन् कम्पनीको सेयर बिक्री गरेर नाफामा योगदान गरेको छ। बैंकको खुद ब्यापार आम्दानी १६९ प्रतिशतले बढेको छ।

अघिल्लो बर्ष २२ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको बैंकले यसपाली ६१ कोड ५६ लाख रुपैयाँ आम्दानी गरेको छ। पछिल्लो त्रैमास अथर्थात बैशाखदेखि असारसम्म मात्र ३८ करोड ६६ लाख पैयाँ यसैबाट कमाएको छ।

यसपाली नाफा बढ्नुमा प्रोभिजनिङको पनि योगदान रहेकोछ, खासगरी घटेका कारण। बैंकले ८० करोडको प्रोभिजनिङलाई २७ करोडमा झारेको छ। योभनेको बैंकको ऋण बिग्रिने क्रम रोकिएको छ।

बैंकले ऋण १६ प्रतिशतले बढँएरु ६८ अर्ब ४८ करोड पुर्याएको छ भने भन निक्षेप ३१ प्रतिशतले बढेर ८७ अर्ब १२ करोड रुपैयाँ पुगेको छ।

बैंकको आधा दर ७.४१ प्रतिशतमा झरेको छ भने स्प्रेड ३.५५ प्रतिशतमा आएको छ।

5515
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?

पेन्सन र अवकाश कोषमध्ये एक विकल्प छान्न पाउने अन्तिम दिन असार मसान्तसम्म १४ हजार ९७१ रोजगारदाता सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन्। कोषका सहप्रवक्ता रोहित रेग्मीका अनुसार असार मसान्तसम्म २ लाख ७३ हजार ७२८ कर्मचारी कोषमा आबद्ध भइसकेका छन्। TATARiddhi siddhi CementSkoda कोषले असार मसान्तसम्म आबद्ध हुन आउनेलाई पेन्सन वा अवकाश कोषमध्ये एउटा छान्ने विकल्प दिएको थियो। आजबाट आबद्ध हुने अनिवार्य रुपमा पेन्सन स्किममा सहभागी हुनु पर्नेछ। नभए कर्मचारीले जागिर छाड्दासम्म जम्मा भएको सम्पूर्ण रकम झिक्न पाउने थिए। अहिले सामाजिक सुरक्षा कोषको बैंक तथा वित्तीय संस्थाका कर्मचारीले विरोध गरिरहेका छन्। उनीहरुले सर्वोच्च अदालतमा मुद्दासमेत दायर गरेका छन्। रेग्मीका अनुसार कोषमा ९ वटा वाणिज्य बैंक आबद्ध भए पनि ३ वटाले मात्र योगदान सुरु गरेका छन्। यसअघि लक्ष्मी र स्ट्यान्डर्ड चार्टर्ड आबद्भ भएकोमा नेपाल एसबीआइ बैंक पनि थपिएको छ। ३ वटा विकास बैंक आबद्ध छन्। १३ वटा फाइनान्स कम्पनी आबद्ध भएकोमा ९ वटाले योगदान पनि सुरु गरिसकेका छन्। ४६ वटा लघुवित्त संस्था आबद्ध छन्। यसमध्ये १८ वटाले योगदान सुरु गरिसकेका छन्। ३४ वटा बीमा कम्पनी आबद्धमध्ये १३ वटाले योगदान सुरु गरेका छन्। बैंक तथा वित्तीय संस्थाबाट कुल १०५ आबद्ध भएर ४३ वटाले योगदान सुरु गरिसकेका छन्। अधिकांश कर्पोरेट आबद्ध भइसकेका छन्। यसमा चौधरी समूह, डाबर नेपाल, युनिलिभर, केएल दुगड समूह, एफवान सफ्ट कम्पनी, एनसेललगायत छन्।