जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • १३.३१ प्रतिशतले बढ्यो नेपाल बैंकको खुद नाफा

१३.३१ प्रतिशतले बढ्यो नेपाल बैंकको खुद नाफा

नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २ अर्ब २६ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.३१ प्रतिशत बढी हो। खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा सामान्य बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ११.७५ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २९.७६ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ६ करोड १९ लाख रुपैयाँ ऋणात्मक रहेको बैंकको वितरणयोग्य मुनाफा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १ अर्ब ४७ करोड ४६ लाख रुपैयाँ धनात्मक भएको छ।

खुद नाफा बढेपनि बैंकको प्रतिशेयर आम्दानी भने समीक्षा अवधिमा घटेको छ। गत आर्थिक वर्षको मुनाफाबाट १२ प्रतिशत बोनस शेयर वितरण गरी चुक्ता पुँजी १२ अर्ब ६३ करोड ६७ लाख रुपैयाँ पुर्याएको बैंकको प्रतिशेयर आम्दानी समीक्षा अवधिमा ३ रुपैयाँ २६ पैसा घटेर २३ रुपैयाँ ८७ पैसामा सीमित भएको छ।

सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १९.२३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २७० रुपैयाँ २२ पैसा रहेको छ।

गत आर्थिक वर्षको अन्त्यको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको जगेडा कोष १४.७४ प्रतिशत बढेको छ भने निक्षेप ७.१२ प्रतिशत र कर्जा लगानी २३.८४ प्रतिशत बढेको छ।

 

5595
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका