जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१

समाचार

सोमबार बैंकहरु खुला रहने

सोमबार बैंकहरु खुला रहने

फागुन १ गते (सोमबार) सरकारले सार्वजनिक बिदा दिएको भए पनि बैंकहरु भने खुल्ने भएका छन् ।

जनयुद्ध दिवसको अवसरमा सरकारले फागुन १ गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरे पनि नेपाल राष्ट्र बैंकले अत्यावश्यक कामका लागि आंशिक रुपमा बैंक खुला गर्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकले सार्वजनिक बिदाको दिन (सोमबार) चेक क्लियरिङ, नगद कारोबार र आरटीजीएस कारोबार केहीबेर खोल्न भनेको हो । राष्ट्र बैंकको निर्देशन अनुसार बैंकहरुले बिहान १० बजेदेखि साढे ११ बजेसम्म बैंक खुला गर्नेछन् । सोमबार अत्यावश्यक बाहेकका कामका लागि र पूरा अवधि भने बैंकहरु खुला हुने छैनन् ।

1480
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका