जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • रिलायबल नेपाल लाइफको अभिकर्ता सशक्तीकरण कार्यक्रम सम्पन्न

रिलायबल नेपाल लाइफको अभिकर्ता सशक्तीकरण कार्यक्रम सम्पन्न

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको नुवाकोट शाखाले अभिकर्ता सशक्तीकरण कार्यक्रम सम्पन्न गरेको छ। कम्पनीले शाखामा कार्यरत सिनियर एजेन्सी म्यानेजर, एजेन्सी म्यानेजर , सक्रिय एजेन्सी र वित्तीय सल्लाहकारहरुलाई उक्त तालिम प्रदान गरेको हो ।

कम्पनीले यहि भदौ २२ गते होटेल सनसाइन बिदुरमा कम्पनीका मुख्य बजार प्रबन्धक शैलेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यमा एक दिने तालिम सम्पन्न गरको छ । साथै आर्थिक वर्ष २०८०/८१ मा उत्कृष्ट व्यवसाय गर्ने सिनियर एजेन्सी म्यानेजर , एजेन्सी म्यानेजर, सक्रिय एजेन्सीहरुलाई सम्मान पनि गरिएको थियो ।

नुवाकोट शाखामा उत्कृष्ट व्यवसाय गर्ने ७० जना भन्दा बढी एजेन्सीहरु सहभागी भएको कार्यक्रम सफलतापुर्वक सम्पन्न भएकोजनाइएको छ । कार्यक्रम पश्चात् अभिकर्ताहरुमा थप उर्जा मिलेको र उत्साहित भएको शाखा प्रबन्धक पन्च बहादुर तामाङले बताए ।

2485
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका