जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०

बैंकिङ्ग

हिमालयनको नाफा खस्कियो

हिमालयनको नाफा  खस्कियो

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरको अन्तिम चरणमा पुगेको हिमालयन बैंकको नाफा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा गत आवको सोही अवधिको तुलनामा एक अर्ब रुपैयाँ भन्दा धेरै (४४.४०%) ले खस्किएको छ ।

गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा हिमालयनले करिब २ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । गत चैत मसान्तमा यो एक अर्ब २९ करोड हाराहारीमा सीमित भएको बैंकले प्रकाशित गरेको अपरिस्कृत वित्तीय प्रतिवेदनले देखाएको छ ।

TATAयो नाफामध्ये चालु आवको तेस्रो त्रैमासमा करिब ८४ करोड ७७ लाख रुपैयाँ बैंकको वितरणयोग्य नाफा रहेको जनाइएको छ ।  पोहोरको भन्दा यसपालि तेस्रो त्रैमाससम्मको नाफा खुम्चिनु कारण बैंकको ब्याज आम्दानी घट्नु र  खराब कर्जा वापतको नोक्सानी व्यवस्था बढाउनु रहेको देखिन्छ ।

गत आवको चैत अन्तिमयताको एक वर्षमा बैंकले करिब २० अर्ब रुपैयाँले ग्राहक लगानीको आकार विस्तार गरेको छ । यसका बाबजुद ब्याज आम्दानी भने करिब एक अर्ब ६१ करोड रुपैयाँले घटेको छ । पोहोर चैत अन्तिमसम्ममा बैंकले व्याजबापत ९ अर्ब २५ करोड रुपैयाँभन्दा धेरै आम्दानी गरेको थियो । जबकि चालु आवमा तेस्रो त्रैमासको अन्तिमसम्म आइपुग्दा भने यो रकम ७ अर्ब ६५ करोडभन्दा कम छ ।

यसबीच हिमालयनले खराब (निष्क्रिय) कर्जा १.११ प्रतिशतबाट ०.८१ प्रतिशतमा झारेको छ । यसका बाबजुद गत चैत मसान्तसम्ममा खराब कर्जाको नोक्सानी वापतको व्यवस्था भने नेपाल राष्ट्र बैंकले तोकेको भन्दा बढी (२२२.१२%) गरेको बैंकले जनाएको छ । अघिल्लो आवको यही अवधिमा बैंकले कुल निष्क्रिय कर्जाको १५५.७९ प्रतिशत यस्तो प्रोभिजनिङ गरेको थियो ।

गत आवको चैत मसान्तयताको एक वर्षको अवधिमा बैंकले करिब सात अर्ब रुपैयाँले निक्षेप वृद्धि गरेको छ । यद्यपि, ब्याज खर्च भने समिक्षा अवधिमा करिब ४७ करोडले घट्दै गत आवको तेस्रो त्रैमासको ५ अर्ब ४१ करोडबाट ४ अर्ब ९४ करोड रुपैयाँ हाराहारीमा झरेको छ ।

बैंकको तेस्रो त्रैमासको मात्र खुद नाफा भने बढेको छ । गत आवको तेस्रो त्रैमासमा बैंकले करिब साढे ५७ करोड कमाएकोमा चालु आवको समान त्रैमासमा ६३ करोड ३९ लाख नाफा गरेको छ ।

साथै, एक वर्षको अवधिमा बैंकले धितोपत्रमा थप चार अर्ब रुपैयाँ लगानी गरेको छ । अघिल्लो आवको चैत्र मसान्तमा १८ अर्ब २४ करोड हाराहारी रहेको धितोपत्रमा लगानी चालु आवको सोही अवधिमा करिब २२ अर्ब ४० करोड पुगेको छ

 

5175
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका