जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा सरकारलाई स्वास्थ्य उपकरण हस्तान्तरण

स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा सरकारलाई स्वास्थ्य उपकरण हस्तान्तरण

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले नेपाल सरकारलाई स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ । बैंकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई एक थान भेन्टिलेटर, २० थान अक्सिजन कन्सन्ट्रेटर, १० हजार थान एन९५ सर्जिकल मास्क र २ हजार थान पञ्जा उपलब्ध गराएको हो ।

बैंकले कोरोना महामारीविरुद्धको लडाइँमा सरकारको राहत वितरणमा सघाउन पु¥याउन यो सहयोग गरेको हो । मेडिकल र स्वास्थ्य उपकरण बैंकका प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दास्तिदारले मन्त्रालयका मुख्य विशेषज्ञ डा. रोशन पोखरेललाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा महामारीविरुद्धको लडाइँमा समुदायलाई सघाउन नेपालप्रतिको आफ्नो प्रतिबद्धता निरन्तर जारी रहने सीईओ दास्तिदारले बताए ।

बैंकले यसअघि कोरोना संक्रमणको पहिलो लहरका बेला राहतस्वरूप विविध परियोजनालाई ५ करोड ७५ लाख रुपैयाँ योगदान दिएको थियो । कार्यक्रममा बैंकका वरिष्ठ अधिकारी पनि उपस्थित थिए ।

8215
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?