जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • नबिल बैंकले युनाइटेड फाइनान्स प्राप्ति गर्ने, युनाइटेडको १ सेयरबराबर नबिलको ०.३५ कित्ता हुने

नबिल बैंकले युनाइटेड फाइनान्स प्राप्ति गर्ने, युनाइटेडको १ सेयरबराबर नबिलको ०.३५ कित्ता हुने

नबिल बैंकले युनाइटेड फाइनान्स एक्वायर गर्ने भएको छ। बैंकले शुक्रबार प्राप्तिका लागि युनाइटेडसँग एमओयूमा हस्ताक्षर गरेको छ। नबिलका मर्जर संयोजक उदयकृष्ण उपाध्याय र युनाइटेडका मर्जर संयोजक मनिष खेम्काले सम्झौतापत्रमा हस्ताक्षर गरे।

बैंक स्रोतका अनुसार नबिलले युनाइटेडलाई १:०.३५ को स्वाप अनुपातमा प्राप्ति गर्न लागेको हो । अर्थात्, प्राप्तिपछि युनाइटेड फाइनान्सको सय कित्ता सेयरबराबर नबिलको ३५ कित्ता कायम हुनेछ ।

नबिल बैंकले पहिलोपटक संस्था प्राप्ति गर्न लागेको हो। नबिल र युनाइटेड दुवै विदेशी संयुक्त लगानीका वित्तीय संस्था हुन्।

नबिलमा ५० प्रतिशत लगानी विदेशी छ भने युनाइटेडमा भारतको मुथूट फाइनान्सको लगानी छ।

5420
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका