जोडिनुहोस
शनिबार, असार २०, २०८३
शनिबार, असार २०, २०८३
  • होमपेज
  • ज्योति विकास बैंकको ११ प्रतिशत बोनस शेयर डिम्याट खातामा जम्मा

ज्योति विकास बैंकको ११ प्रतिशत बोनस शेयर डिम्याट खातामा जम्मा

ज्योति विकास बैंक लिमिटेडले पुस २३ गते पारित गरको ११ प्रतिशत बोनस शेयर हितग्राही (डिम्याट) खातामा जम्मा गरिदिएको छ । बैकको पुस ८ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको डिम्याट खातामा उक्त बोनस शेयर जम्मा गरिको हो । 

हालसम्म पनि शेयर अभौतिकीकरण नगराएका शेयरधनीहरुलाई आफ्नो शेयर अभौतितिकीकरण गराई आफ्नो बोनस शेयर हितग्राही खातामा नै प्राप्त गर्न बैंकले अनुरोध गरेको छ । 

पुस ८ गतेसम्म शेयर धितो बन्धक राखी कर्जा लिएका शेयरधनीको हकमा बोनस शेयरसमेत कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुको नाममा नै रोक्का जनाइ शेयरधनीको हितग्राही खातामा जम्मा हुने बैंकले जानकारी दिएको छ । त्यसको लागि शेयरधनीले सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क राख्नु पर्ने बताइएको छ

10460
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका