जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • एभरेष्ट बैंकका सीइओ खालिङले शुक्रबारबाट कार्यभार सम्हाल्ने

एभरेष्ट बैंकका सीइओ खालिङले शुक्रबारबाट कार्यभार सम्हाल्ने

नेपाल एभरेष्ट बैंकमा नियुक्त भएका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले असोज ८ गते शुक्रबारबाट कार्यभार सम्हाल्ने भएका छन्  । कार्यभार सम्हालेसंगै उनी बैंकको प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हाल्ने पहिलो नेपाली नागरिक हुने छन् ।

बैंकमा  स्थापनाकालदेखि नै भारतीय नागरिक सीइओ हुदै आएका थिए। बैंकमा भारतको पन्जाब नेशनल बैंकको २० प्रतिशत लगानी छ । सोहि कारण पन्जाब नेशनल बैंकले नै एभरेस्ट बैंकमा अध्यक्ष पठाउदै आएको थियो । 

यस अघि बैंकमा  गजेन्द्रकुमार नेगी सीइओ थिए । ४ वर्षको लागि सीइओ भएका उनलाई १७ महिनामै हटाईएको हो । त्यसपछि डा. सान्धर कुमारले कायम मुकायम सीइओको जिम्मेवारि सम्हालिरहेका छन्  । 

सीइओ खालिङ यस अघि सिटिजन्स बैंकमा संचालक थिए । उनले संचालक पदबाट राजिनामा दिईसकेका छन् । त्यसअघि उनी लक्ष्मी बैंकको सीइओ थिए । गत चैत्र मै उनी एभरेष्ट बैंकको सीईओ नियुक्त भएको पनि ६ महिनापछि बल्ल कार्यभार सम्हाल्न लागेका हुन् । 

3795
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका