जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • सिद्धार्थ इन्स्योरेन्सको साधारणसभा जेठ २८ गते हुने

सिद्धार्थ इन्स्योरेन्सको साधारणसभा जेठ २८ गते हुने

सिद्धार्थ इन्स्योरेन्स कम्पनीले १९ औं वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको वार्षिक साधारणभा २०७८ जेठ २८ भर्चुअल माध्यमबाट विहान ११ बजे हुने भएको छ ।

कम्पनी सञ्चालक समितिले पस्ताव गरेको १२ प्रतिशत बोनस सेयर र ३.७८९४ प्रतिशत नगद लाभाश पारित गर्नेछ ।

साथै संचालक समितिको अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक बर्ष २०७६–७७ को बार्षिक प्रतिवेदन र लेखापरिक्षकको प्रतिवेदन, वित्तीय विवरण उपर छालफल गरि पारित गर्नेछ । आर्थिक बर्ष २०७७–७८ को लेखा परिक्षण गर्न लेखापरिक्षक को नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने छ ।

हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब रहेको छ ।

सभा प्रयोजनको लागि २०७८ जेठ १४ गते देखि २८ गतेसम्म बुक क्लोज रहेको छ । जेठ १३ गते सम्म कायम सेयरधनीहरुले मात्र सभामा प्रतिनिधित्व गर्न र लाभांश दावी गर्न पाउनेछन् ।

2540
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?