जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • हकप्रद निष्कासन गर्न अपि पावरले पायो बोर्डको अनुमति

हकप्रद निष्कासन गर्न अपि पावरले पायो बोर्डको अनुमति

अपि पावर कम्पनी लिमिटेडले हकप्रद निष्कासन गर्न अनुमति पाएको छ । पावर कम्पनीले दोस्रो चरणको हकप्रद शेयर निष्कासन तथा बिक्री खुल्ला गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको हो ।

कम्पनीले १ बराबर ०.२९३८ को अनुपातमा ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्कासन गर्न गत फागुन ९ गते, आइतबार सेबोनमा निवेदन पेश गरेको थियो । सेबोनबाट हिजो आइतबार अनुमति पाएको हो । कम्पनीको उक्त हकप्रद शेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ ।

यसअघि पहिलो चरणमा कम्पनीले गत कार्तिक १४ गते, शुक्रबारदेखि मंसिर ४ गते, बिहीबारसम्म चुक्ता पुँजी १ अर्ब  १९ करोड ७ लाख बराबरको प्रति शेयर १ः०४७६ को अनुपातमा ५६ करोड ७० लाख रुपैयाँ बराबरको प्रति शेयर एक सय अंकित दरका ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो ।

9325
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका