

नेपाल विज्ञापन संघले कर तिर्ने समय थप गरिदिन सरकारसँग नेपाल विज्ञापन संघले अनुरोध गरेको छ । कोभिड–१९ को नयाँ भेरियन्टको संक्रमण रोकथामका लागि मुलुकको झन्डै ७५ भागमा निषेधाज्ञा जारी रहेकाले सरकारलाई बुझाउनु पर्ने कर राजस्वको विवरण बुझाउनु पर्ने म्याद र कर रकम भुक्तानीको लागि समय थप गर्न सरकारसँग अनुरोध गरेको हो ।
संघका अध्यक्ष सोमप्रसाद धितालले आज एक विज्ञप्ती जारी गर्दै अहिलेको विषम परिस्थितिलाई मनन् गरी मूल्य अभिवृद्धि कर, आय करको अग्रिम कर कट्टी लगायतका करहरूको विवरण बुझाउनु पर्ने म्याद र कर रकम भुक्तानीको समय थप गरिदिन अनुरोध गरेका हुन् ।