जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • लक्ष्मी बैंकको १४१औं शाखा काठमाडौंको डिल्लीबजारमा

लक्ष्मी बैंकको १४१औं शाखा काठमाडौंको डिल्लीबजारमा

लक्ष्मी बैंकले १४१औं शाखा काठमाडौंको डिल्लीबजारमा सञ्चालनमा ल्याएकोे छ । डिल्लीबजारको कालिकामार्गमा रहेकोे यो शाखामार्फत् बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ ।

यस नयाँ शाखाको शुरुवात सँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ५० जिल्लामा १४१ शाखा, १० एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७२ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६३ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।

यो शाखाको साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ ।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आक्रामकरुपमा आफनो शाखा सेवा विस्तार गर्दै आएको छ ।

यो शाखाको विस्तार सँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात् शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोबाइल फोनमार्फत् बैंकिङ्ग सेवाप्रादन गरी सहरी तथा अर्धसहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।

5885
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका