जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • वाणिज्य बैंकहरुको कर्जा लगानी २ अर्बले बढ्यो

वाणिज्य बैंकहरुको कर्जा लगानी २ अर्बले बढ्यो

भदौ दोस्रो साता वाणिज्य बैंकहरुको निक्षेप संकलन स्थिर रहेको छ भने कर्जा लगानी बढेको छ। नेपाल बैंकर्स संघ (एनबीए)ले सोमबार सार्वजनिक गरेको भदौ दोस्रो साता (भदौ ४ गतेदेखि भदौ १० गतेसम्म)को तथ्यांक अनुसार यस्तो पाइएको हो ।

तथ्यांकअनुसार भदौ दोस्रो सातासम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्ब २६ अर्ब रुपैयाँ रहेको छ। गत भदौ ३ गतेसम्म पनि वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्ब २६ अर्ब रुपैयाँ नै रहेको थियो।

साउन मसान्तको तुलनामा भदौ ३ गतेसम्म भने वाणिज्य बैंकहरुको निक्षेप ७ अर्ब रुपैयाँले घटेको थियो। यसैगरी भदौको दोस्रो साता वाणिज्य बैंकहरुबाट थप २ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ। योसँगै भदौ १० गतेसम्म बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ। गत भदौ ३ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ७८ अर्ब रुपैयाँ रहेको थियो।

भदौ १० गतेसम्म वाणिज्य बैंकहरुको औसत सीडी रेसियो थोरै घटेर ८८.४२ प्रतिशतमा झरेको छ। गत भदौ ३ गतेसम्म औसत सीडी रेसियो ८८.४७ प्रतिशत थियो।

1590
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका