जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • कुमारी स्मार्टबाट मुद्दती खाता खोल्दा अत्तिरिक्त ब्याज

कुमारी स्मार्टबाट मुद्दती खाता खोल्दा अत्तिरिक्त ब्याज

कुमारी बैंकले मोबाइल बैंकिङ एपको प्रयोग बढाउन नयाँ योजना ल्याएको छ। बैंकले कुमारी स्मार्ट एपमार्फत मुद्दती खाता खोल्ने ग्राहकलाई निर्धारित ब्याजदरमा थप ०.१५ प्रतिशत ब्याज दिने योजना ल्याएको हो। ती ग्राहकलाई कर्जामा ०.२५ प्रतिशत छुट दिने बैंकले जनाएको छ।

ग्राहकको समयको महत्वलाई मध्यनजर गर्दै बैंकले मोबाइल बैंकिङ एपको प्रयोग बढाउन खोजेको हो। बैंकले एपमार्फत मुद्दती खाता खोल्न र मुद्दती रसिदको धितोमा कर्जा उपभोग गर्न कागजी प्रक्रिया नचाहिने तथा सेवा चौबिसै घण्टा उपलब्ध हुने बैंकले जनाएको छ।

बैंकले मुद्दती खातामा ३ देखि ६ महिनासम्मका लागि ६.५१, ६ महिनामाथि र १ वर्षसम्म ७ प्रतिशत र १ वर्षभन्दा बढी अवधिका लागि ७.११ प्रतिशत ब्याजदर तोकेको छ। वैशाख महिनाका लागि तोकिएको यो ब्याजदरमा एपमार्फत खाता खोल्ने ग्राहकले थप ०.१५ प्रतिशत ब्याज पाउनेछन्।

2870
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका