

बैंक तथा वित्तीय संस्थामा खाता हुनेले प्लस कोड मार्फत आफ्नो ठेगाना खुलाउनु पर्ने भएको छ । विद्युतीय माध्यमबाट यकिन ठेगाना पहिचान गर्न गुगल प्लस कोड मार्फत सेवा ग्राहीले आफ्नो ठेगाना उपलब्ध गराउनु पर्ने भएको हो ।
नेपाल राष्ट्र बैंकले सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई आफ्नो सूचना प्रणाली तथा सेवाग्राहीको ठेगानामा प्लस कोड समेत राखी ठेगाना अध्यावधिक गर्न गराउन निर्देशन दिएको छ । हुलाक बस्तु वितरणका लागि गुगल प्लस कोड प्रयोग सम्बन्धी कार्य संचालन प्रकृयाँ २०७७ अनुसार यस्तो कार्य गर्न सम्पुर्ण बैंकहरुलाई निर्देशन दिएको हो ।