जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • लाइफ इन्स्योरेन्स कर्पोरेशनको मुनाफा १५ करोड ३७ लाख रुपैयाँ

लाइफ इन्स्योरेन्स कर्पोरेशनको मुनाफा १५ करोड ३७ लाख रुपैयाँ

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ३१.८० प्रतिशतले खुद बीमा शुल्क आर्जन बढाउन सफल भएको छ । कम्पनीले तेस्रो त्रैमासिक अवधिमा १३ अर्ब ५९ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा खुद बीमा शुल्क आर्जन १० अर्ब ३१ करोड रुपैयाँ थियो ।

बीमा शुल्क आर्जन सँगै मुनाफा पनि ४२.८५ प्रतिशतले बढेको छ । कम्पनीले तेस्रो त्रैमासिक अवधिमा १५ करोड ३७ लाख रुपयाँ खुद मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा कम्पनीले १० करोड ७६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । मुनाफामा सुधार सँगै प्रति शेयर आम्दानी पनि २ रुपैयाँले बृद्धि भएको छ । जवकी कम्पनीको चुक्ता पूँजी १० प्रतिशतले बढेको छ ।

11425
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका