जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • निजी क्षेत्रमाथिको आक्रमण कुनैपनि हालतमा ठिक होइन’

निजी क्षेत्रमाथिको आक्रमण कुनैपनि हालतमा ठिक होइन’

अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रमाथिको आक्रमण ठिक नभएको बताएका छन् । आर्थिक पत्रकार संघ (नाफिज)को १६औँ वार्षिक साधारण सभामा बोल्दै मन्त्री खनालले यस्तो बताएका हुन् ।

उनले निजी क्षेत्रले तयार गरेका संरचना र सम्पत्ति नेपाली जनताको पनि भएको भन्दै निजी क्षेत्रमाथि नै आक्रमण गर्नू ठिक नभएको बताएका छन् । बरु निजी क्षेत्रको संरक्षण गर्न सबैले जोड दिनुपर्ने अर्थमन्त्री खनालले बताएका छन् ।

‘निजी क्षेत्रले तयार पारेको संरचना र सम्पत्ति नेपाली जनताको पनि हो । निजी क्षेत्रले निश्चित समय पछि छोड्ने नै हो । उनीहरूमाथिको आक्रमण ठिक होइन ।’, उनले भने, ‘निजी क्षेत्रको संरक्षण गर्नका लागि सबैले जोड दिनुपर्छ ।’

त्यस्तै, फरक प्रसंगमा बोल्दै अर्थमन्त्री खनालले हाल मुलुक निर्वाचनको माहोलमा रहेको भन्दै निर्वाचन अपरिहार्य रहेको पनि बताएका छन् । उनले निर्वाचन सार्नु भनेको मुलुकलाई अनिश्चय दिशामा लैजानु भएको पनि टिप्पणी गरेका छन् ।

915
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका