जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • नेपाल बैंकको वित्तीय साक्षरता पुस्तिका सार्वजनिक

नेपाल बैंकको वित्तीय साक्षरता पुस्तिका सार्वजनिक

नेपाल बैंकले “आर्थिक समृद्घिका लागि वित्तीय साक्षरता” नामक वित्तीय साक्षरता पुस्तिका प्रकाशन गरी सार्वजनिक गरेको छ । मंगलबार प्रधान कार्यालय काठमाण्डौमा आयोजित एक कार्यक्रमका बीचमा विमोचन गरिएको छ । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी,नायब प्रमुख कार्यकारी अधिकृत समता पन्त, सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र होम बहादुर खड्का,प्रधान कार्यालयका बिभिन्न बिभाग तथा डिभिजनका प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो । 

बैंकको मार्केटिङ्ग तथा रिसर्च डिभिजनले तयार गरेको सो पुस्तिका विमोचन समारोहमा बैंकका सम्पूर्ण प्रदेशका प्रमुख र शाखा प्रबन्धकहरुको समेत  भर्चुअल रुपमा उपस्थिति रहेको थियो । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत  कृष्णबहादुर अधिकारीले सम्पूर्ण नेपालीहरुमा वित्तीय ज्ञान र चेतनाको स्तरमा अभिवृद्घि गर्न सो पुस्तिका उपयोगी हुने विश्वास व्यक्त गरेका थिए । 

वित्तीय साक्षरता कार्यक्रमहरुको प्रभावकारीताबाट नै आर्थिक समृद्घि हुन सक्ने विचारसहायक प्रमुख कार्यकारी अधिकृत होम बहादुर खड्काले नेपाल राष्ट्र बैंकको मार्गनिर्देशन बमोजिम वित्तीय साक्षरताका कार्यक्रमहरु अगाडि बढाइएको धारणा व्यक्त गरेका थिए । 

यस पुस्तिकाले वित्तीय साक्षरता अभिवृद्घि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए । मार्केटिङ्ग तथा रिसर्च डिभिजन प्रमुख अर्जुनबहादुर कंडेलले वित्तीय साक्षरता वित्तीय समाबेशिकरणको महत्वपूर्ण आयामको रुपमा रहेको उल्लेख गर्दै आगामी दिनमा सो पुस्तिकामा अझ सुधार र परिमार्जन गर्दै लैजाने प्रतिवद्घता व्यक्त गरेका थिए । 

4295
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका