जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • ५० हजारभन्दा कम निक्षेप बैंकले नराख्ने, पैसा झिक्न पाइने, डिम्याट खाता पनि नखुल्ने

५० हजारभन्दा कम निक्षेप बैंकले नराख्ने, पैसा झिक्न पाइने, डिम्याट खाता पनि नखुल्ने

निषेधाज्ञा अवधि भर बैंकका शाखाहरुले ५० हजारभन्दा कमको निक्षेप स्वीकार नगर्ने भएका छन्। निषेधाज्ञामा पनि बैंकको शाखामा भिडभाड भएपछि राष्ट्र बैंकको अनुमतिमा बैंकर्स संघले सीमित सेवाहरु मात्र दिने निर्णय गरेको हो।

बिहीबार एक सूचना प्रकाशित गर्दै बैंकर्स संघले खाताबाट पैसा झिक्ने सेवा दिने निर्णय गरेको जनाएको छ। यसबाहेक ५० हजारभन्दा माथिको निक्षेप मात्र जम्मा गर्ने सुविधा दिएको छ।

रकम स्थानान्तरण सुविधा दिने छ भने विप्रेषण भुक्तानी सेवा पनि दिने छ। अन्तर्राष्ट्रिय ब्यापारसँग सम्बन्धित सेवा दिने छ। यसबाहेक सबै बैंकिङ सेवा बन्द हुने छ।

संघले डिजिटल बैंकिङ सेवा लिन आह्वान गरेको छ। कोरोना संक्रमणसँगै मृत्युदर उच्च भएर हस्पिटल र बेड उपलब्ध हुने छाडेपछी संघले सुरक्षाका लागि यस्तो निर्णय गरेको हो। डिम्याट पनि खुल्ने छैन।

8770
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?