जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • हिमालय बैंकको नयाँ ब्याजदर सार्वजनिक

हिमालय बैंकको नयाँ ब्याजदर सार्वजनिक

बिहीबार नेपाल इन्भेस्टमेन्ट बैंकसँग बिग मर्जरको घोषणा गरेको हिमालयन बैंकले जेठबाट लागू हुनेगरी निक्षेप र कर्जामा नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

बैंकले विभिन्न शीर्षकमा लिने निक्षेपमा २ देखि ७.२५ प्रतिशतसम्म ब्याजदर रहेको छ भने कर्जाको ब्याजदर आधार दरमा ३.७५ प्रतिशत देखि ५ प्रतिशतसम्म छ ।

बैंकको आधार दर ६.७५ पतिशत रहेको छ । बैंकले प्रबाह गर्ने ओभरड्राफ्ट कर्जाको ब्याजदर आधार दरमा ५ प्रतिशत बढी छ । त्यस्तै टर्म लोन र डिमान्ड लोनको ब्याजदर पनि आधार दरमा थप ५ प्रतिशत छ ।

घरजग्गा कर्जा ७ वर्षसम्मका लागि ९.९९ प्रतिशत र त्योभन्दा माथिका लागि आधार दरमा थप ५ प्रतिशत रहेको छ । त्यस्तै शैक्षिक कर्जा र किसान कर्जा पनि आधार दरमा ५ प्रतिशत थप छ ।

बैंकले मुद्दति निक्षेपमा ४ देखि ७ प्रतिशत ब्याजदर तोकेको छ । व्यक्तिगततर्फको मुद्दति निक्षेपमा ३ महिनाका लागि ४ प्रतिशत, ६ महिनाका लागि ६ प्रतिशत, ९ महिनाका लागि ६.५० प्रतिशत र १ वर्षभन्दा माथिको मुद्दती निक्षेपमा ७ प्रतिशत ब्याजदर तोकिएको छ । मुद्दति निक्षेपको न्यूनतम बचत रकमको सीमा १० हजार रुपैयाँ बराबर छ ।

5390
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका