जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • खल्तीले निर्वाध कारोबारका लागि नेपालपे क्यूआरसँग गर्यो साझेदारी

खल्तीले निर्वाध कारोबारका लागि नेपालपे क्यूआरसँग गर्यो साझेदारी

खल्तीले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) द्वारा लागू नेपालपे क्यूआरसँग साझेदारी गरेको छ।  यस साझेदारीले खल्ती प्रयोगकर्तालाई भुक्तानीका लागि क्यूआर स्क्यान गर्न र नेपालपे क्यूआर मर्चेन्टहरुलाई खल्तीबाट भुक्तानीस्वीकार गर्न अनुमति दिन्छ।

यस साझेदारीपछि धेरै प्रयोगकर्ताका लागि पहुँचयोग्य माध्यम बन्न सक्नेछ। प्रयोगकर्ताले ३०० भन्दा बढी विभिन्न रेस्टुरेन्ट, पसल, मल, चलचित्र हाल वा कहीँ पनि उपलब्ध नेपालपे क्यूआर खल्तीबाट स्क्यान गर्न सक्नेछन्।

यस साझेदारीका बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘हाम्रा प्रयोगकर्ताका लागि खल्तीको क्यूआर भुक्तानी सबैभन्दा सुविधाजनक सेवाहरुमध्ये एक हो। तसर्थ, यो साझेदारीका साथमा हामीले विद्यमान र आगामी खल्ती प्रयोगकर्तालाई फोनपे क्यूआर र युनियनपेलगायत नेपालपे क्यूआराट पनि सहज भुक्तानीको आनन्द लिन सक्षम बनाउने लक्ष्य राखेका छौँ।’

नेपालपे क्यूआर नेपालका सबै बैंक तथा वित्तीय संस्था, पीएसपी र पीएसओहरुका लागि उपलब्ध र पहुँचयोग्य रहेको क्यूआर योजना हो। ‘खल्तीजस्तो प्रमुख भुक्तानी सेवा प्रदायक सँग सहकार्य भनेको एउटा प्रमुख कोसेढुंगा हो, जसबाट नेपालमा क्यूआर भुक्तानीको वृद्धिलाई गति दिने अपेक्षा गरिएको छ’, नेपालपेले भनेको छ।

यसलगायत नेपाल क्लियरिङ हाउसले नेपालका माननीय प्रधानमन्त्रीको उपस्थितिमा नेपाल पेमेन्ट कर्पोरेसन अफ इन्डियासँग सीमान्तर भुक्तानी अनुमति दिने सम्झौतामा हस्ताक्षर गरेको छ। यो सेवा चाँडै उपलब्ध गराइनेछ। जहाँ खल्ती प्रयोगकर्ताले भारतका विभिन्न भागबाट भुक्तानी गर्न सक्नेछन्।

आईओएस २७००१ः२०१३ बाट मान्यता प्राप्त साथै भर्खरै WITSA Global Innovation & Tech Excellence Awards 2022 बाट सम्मानित खल्ती आफ्नो सेवाको छैटौँ वर्षमा पुगेको छ। हाल खल्तीमा देशभरिका ३४ लाखभन्दा बढी प्रयोगकर्ता, ९५ हजारभन्दा बढी एजेन्ट, ६५ हजार भन्दा बढी व्यापारी, ५० भन्दा बढी बैंक तथा वित्तीय संस्था, १ हजार १०० भन्दा बढी सहकारी र ३०० भन्दा बढी कर्मचारीको परिवार बनेको छ।

सबै नेपालीमा वित्तीय साक्षरता ल्याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवामार्फत बिल भुक्तानी, मोबाइल र टीभी रिचार्ज, हवाई, सिनेमा र इभेन्ट टिकट बुकिङ, बीमा शुल्क, ई–कमर्स, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिल र थुप्रै डिजिटलाइज्ड सेवा उपलब्ध गराउँदै आएको छ।

1090
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका