जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • अशोक लेलैण्डको “मेगा मन्सुन फ्रि चेकअप क्याम्प अफर”

अशोक लेलैण्डको “मेगा मन्सुन फ्रि चेकअप क्याम्प अफर”

आइएमई. ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लिद्वारा प्रवद्र्धित अशोक लेलैण्डले “मेगा मन्सुन फ्रि चेकअप क्याम्प अफर” देशभर आफ्ना १३ आउटलेट्सहरुमा लागु हुने गरी ग्राहकमहानुभावहरु माझ ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकमहानुभावहरुलाई केन्द्रित गर्दै फ्रि चेकअप क्याम्प सेवा प्रदान गर्नुका साथै स्पेयर पाटर््समा ५%, ल्युबमा १०%, लेबर श्ुाल्क, ३०% साथै ३०% च्यासिस ग्रीजिंगमा छुट उपलब्ध गर्ने कम्पनीले बताएको छ ।

फ्रि चेकअप क्याम्प दौरान ग्राहकवर्गहरुले आकर्षक उपहारका साथै सुरक्षित ड्राईभिङ सम्बन्धि जानकारी लिन सक्नेछन् । यी अफरहरु साथै निःशुल्क वासिङ्ग, ४५ चेक पोइट्स तथा बम्पर देखि बम्पर चेकअप सहित अन्य फाइदाहरु हुनेछन् ।
यस योजना अशोक लेलैण्डका बस, ट्रक, ट्रिपर तथा साना कर्मसियल भेइकलस्का कुनै पनि मोडलका गाडीहरुमा लागु हुने छ ।

यो योजना नेपाल अधिराज्यभरी असार ३० गते देखि श्रावण ०५ सम्म मात्र लागु हुनेछ र साथै सर्भिसिङ्गमा छुट कुपनहरु भाद« ०५ सम्म लागु हुनेछ । आइएमई मोटर्सले ग्राहकवर्गको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ र साथसाथै यस योजना मार्फत पनि ग्राहकहरुलाई विभिन्न सुविधा प्रदान गर्ने लक्ष्य लिएको छ ।
३ वर्षको अन्तरालमा यस आइएमई मोटर्स प्रा.लिले देशभर १४ वटा यगतभितक खोलेर ग्राहकमहानुभावहरुमा सेवा प्रदान गर्न सफल मात्र नभई उक्त गाडीहरुका लागि चाहिने सर्भिस र स्पेयर पार्टस् सप्लाइ पनि पर्याप्त मात्रामा गर्दै आएको छ ।

10540
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?