जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • महालक्ष्मी विकास बैंकको वार्षिक उत्सवको अवसरमा नयाँ योजना

महालक्ष्मी विकास बैंकको वार्षिक उत्सवको अवसरमा नयाँ योजना

महालक्ष्मी विकास बैंकले २७औं वार्षिक उत्सवको अवसरमा नयाँ योजना ल्याएको छ।

बैंकले कोभिड-१९ को संक्रमण जोखिमलाई न्यूनीकरण गर्न डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘महालक्ष्मी स्मार्ट साथमा, बैंकिङ आफ्नै हातमा’ योजना सञ्चालनमा ल्याएको छ।

योजनाअन्तर्गत हालसम्म महालक्ष्मी मोबाइल एप प्रयोग नगरेका ग्राहकहरुले जेठ ७ गतेदेखि २७ दिनसम्म महालक्ष्मी स्मार्ट डाउनलोड गरेर पहिलो कारोबार गर्दा आफ्नो खातामा बैंकको तर्फबाट १०० रुपैयाँ प्राप्त गर्ने छन्।

बैंकले विषम परिस्थितिमा सम्पूर्ण ग्राहकहरुलाई मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आइपीएस, क्युआर कोड लगायतका विद्युतीय बैंकिङ सेवा प्रयोग गरी विद्युतीय कारोबारलाई प्रोत्साहन गर्दै आएको छ।

8330
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?