जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • बीमाबारे जनचेतना जगाउन बीमा समितिले एक करोड छुट्ट्यायो बीमाबारे जनचेतना जगाउन बीमा समितिले एक करोड छुट्ट्यायो

बीमाबारे जनचेतना जगाउन बीमा समितिले एक करोड छुट्ट्यायो बीमाबारे जनचेतना जगाउन बीमा समितिले एक करोड छुट्ट्यायो

बीमा समितिले बीमाबारे जनचेतना जगाउन देशभर बिभिन्न कार्यक्रम गर्न लागेको छ।  समितिले देशका बिभिन्न ठाउँमा बीमा  सम्बन्धी जनचेतनामूलक कार्यक्रम संचालन गर्नका लागि एक करोड रुपैयाँ छुट्याएको हो।  गत वर्ष कोभिडका कारण जनचेतनामूलक कार्यक्रम रोकिएको थियो । 

बीमा समितिले बीमाको संख्या बृद्धि गर्नका लागि स्थानीय निकाय तथा सरोकारवालाहरुसँग  अन्तरक्रिया तथा जनचेतनामूलक कार्यक्रम संचालन गर्नका लागि बजेट विनियोजन गर्ने गरेको छ । चालु आर्थिक बर्ष २०७८/७९का लागि करिब एक करोड रुपैयाँ विनियोजन भएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । यस अघि ६५ लाखको हाराहारीमा बजेट विनियोजन भएको थियो । हाल यो रकम केही बढेर आएको हो । 

‘सबै क्षेत्रका उपभोक्ताहरुले बीमा सम्बन्धी जानकारी लिए भनेमात्र बीमाको दर बढ्छ । केहीलाई अझैपनि बीमाको बारेमा थाहा छैन । जीवन बीमा निर्जीवन बीमा कृषि बीमा सबैलाई समेट्नका लागि समितिले कम्पनीहरुसँग मिलेर कार्यक्रम सुरु गरिसकेको छ। ‘- कार्यकारी निर्देशक पौडेलले भने । 

पहिलो चरणमा तीनवटा स्थानीय निकायमा कार्यक्रम गर्ने योजना हो । अहिले पश्चिम क्षेत्र बेलौरी ,कन्चरपुर नगरपालिका र डडेलधुरा लगायतका ५ वटा नगरपालिकाहरुमा कार्यक्रम संचालन  गरिने समितिका उपनिर्देशक बिरोध भट्टले बताए । यसपछि  बिस्तारै अन्य  ठाउँहरुमा पनि कार्यक्रम संचालन गरिरहने उनको भनाई छ।  

गत आइतबारदेखि सुरु भएको कार्यक्रम केही नगरपालिकामा सम्पन्न भइसकेको  समितिले जनाएको छ ।

6670
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका