जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • पवित्र वागेश्वरी मन्दिरमा माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा

पवित्र वागेश्वरी मन्दिरमा माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा

माछापुच्छ्रे बैंकले नेपालगञ्जको पवित्र स्थल वागेश्वरी मन्दिरमा क्युआर कोड सेवा सुरु गरेको छ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले शुक्रबार नेपालगञ्ज स्थित पवित्र वागेश्वरी मन्दिरमा क्युआर कोड मार्फत भेटी चढाई उक्त सेवाको सुरुवात गरेका हुन् ।

उक्त कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले वागेश्वरी मन्दिरमा माछापुच्छ्रे बैंकले सुरु गरेको क्युआर कोड सेवाले भुक्तानी प्रणालीमा आधुनिकीकरणको सुरुवात गरेको बताउँदै यस्तो प्रणालीले कारोबारमा पारदर्शिता ल्याउने बताए ।

साथै उनले क्युआर कोड सेवा अत्यन्त सरल र सुरक्षित रहेको र यो सेवाको प्रयोगबाट नयाँ नोटको छपाईका लागि हरेक वर्ष देशबाट बाहिरिने ठुलो धनराशी कटौती हुने हुदाँ सरकारलाई समेत यसबाट प्रत्यक्ष लाभ पुग्ने कुरा जानकारी गराए ।

सोही कार्यक्रममा बोल्दै नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणा ज्यूले नेपालगञ्ज स्थित वागेश्वरी मन्दिरमा आधुनिक प्रणालीमा आधारित क्युआर कोड सेवा सुरु गरेकोमा बैंकलाई धन्यवाद ज्ञापन गरे ।

उक्त कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष डा. विरेन्द्र प्रसाद महतो ज्यूले पवित्र धार्मिकस्थल बागेश्वरी मन्दिरमा सुरु गरिएको क्युआर कोड सेवाले डिजीटल कारोबारलाई हरेक तह र तप्कासम्म पुर्याउने माछापुच्छ्रे बैंकको अभियानमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

उक्त औपचारिक कार्यक्रममा आफ्नो स्वागत मन्तव्य राख्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले क्युआर कोड बारेमा प्रकाश पारे । साथै, बांके जिल्लाका प्रमुख अधिकारी शिवराम गेलालले बैंकले बाँके जिल्लाको प्रसिद्ध पवित्र स्थल बागेश्वरी मन्दिरमा सुरु गरेको क्युआर कोड सेवाको सफलताको लागि शुभकामना व्यक्त गरे ।

आफुले प्रयोग गरेको बस्तु तथा सेवाको आफ्नै बैंक खाता मार्फत डिजिटल भुक्तानी गर्दा ग्राहकको साथै व्यापरीलाई समेत खुद्रा पैसाको झन्झट नहुने, बचत गर्ने बानिको विकास हुने, व्यापारीलाई हरेक दिन आफुले गरेको व्यापारबाट आएको पैसा जम्मा गर्न बैंकसम्म जानुनपर्ने लगायतका थुपै सुविधाहरुको कारणले गर्दा क्युआर कोड सेवाको पछिल्लो समय सवै वर्ग र क्षेत्रमा आर्कषण बढ्दै गएको छ । यहि कुरालाई मध्यनजर गर्दै बैंकले पछिल्लो समय देशका धेरैजसो स्थानहरुमा आक्रमक रुपमा यो सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले देशका विभिन्न स्थानहरुमा रहेका तरकारी बजार, हाटबजार, होमस्टे, मन्दिर, रेष्टुरेन्ट, कस्मेटिक पसलहरु, यातायात सेवाहरु लगायतका विभिन्न व्यसायीहरुलाई प्रदान गरेको क्युआर कोड सेवाले आम ग्राहकलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गरिरहेको छ । डिजिटल बैंकिङ्ग सेवाको पहुचँ नपुगेका अन्य धेरै स्थान र क्षेत्रमा पनि बैंकले आक्रामक रुपमा सेवा विस्तार गरिरहेको छ र आगामी दिनमा पनि यो क्रमलाई निरन्तरता दिदै जानेछ ।

7285
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका