जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • लुम्बिनी जनरल इन्स्योरेन्सको साधारणसभा २८ गते

लुम्बिनी जनरल इन्स्योरेन्सको साधारणसभा २८ गते

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले जेठ २८ गते वार्षिक साधारणसभा डाकेको छ।

गत आर्थिक वर्षको साधारणसभा गर्न आगामी आर्थिक वर्ष सुरु हुनु एक महिना बाँकी छँदा समय तोकिएको हो।

कम्पनीले साधारणसभाबाट लाभांश पारित गर्ने छ। कम्पनी सञ्चालक समितिले प्रस्ताव गरे अनुसार ५ प्रतिशत बोनस सेयर पारित गरिने छ।

अहिले कम्पनीको चुक्ता पुँजी एक अर्ब १४ करोड १८ लाख रुपैयाँ छ। ५ प्रतिशत बोनस सेयरपछि पुँजी ५ करोड ७० लाख ९० हजारले बढेर एक अर्ब १९ करोड ८८ लाख ९० हजार  रुपैयाँ पुग्ने छ।

कम्पनीले पाँच प्रतिशत नै बोनस सेयर दिने भएको छ। बोनस सेयरमा लाग्ने कर पनि ५ प्रतिशतभित्रै हुने छ।

7580
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका