जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • बैंकिङ कसुरमा पूर्वराजदूत पत्नी रेणुकुमारी पक्राउ

बैंकिङ कसुरमा पूर्वराजदूत पत्नी रेणुकुमारी पक्राउ

निरन्जनमानसिंह बस्नेतकी श्रीमती रेणुकुमारी बस्नेत थापालाई पक्राउ गरेको छ। प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएका प्रहरी टोलीले उनलाई बुधबार पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनले सस्तोमा जग्गा मिलाइदिने प्रलोभनमा भुवन घिमिरेसँग चार वर्षअघि ७५ लाख रुपैयाँ लिएको आरोप छ।

तर, जग्गा पास नगरी उनी अमेरिका गएर बसेकी थिइन्। नेपाल फर्केपछि जग्गा नबेच्ने भन्दै घिमिरेलाई चेक दिएकी थिइन्। उनले दिएको चेकमा पर्याप्त रकम नभएपछि चेक बाउन्स भएको थियो। सोही कसुरमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी निरन्जन भट्टले ठगी आरोपमा बस्नेत पक्राउ परेको जानकारी दिए। उनले भने, ‘जग्गा मिलाइदिने प्रलोभनमा ठगी गरेको भन्दै हामीकहाँ जाहेरी पर्‍यो। यही क्रममा प्रहरी खोजी जुट्यो। ठगीमा संलग्न रेणुकुमारी थापा पक्राउ परिन्। घटना सम्बन्धमा अनुसन्धान भइरहेको छ। थप तथ्य पछि खुल्दै जाला।’

पक्राउ परेकी बस्नेतका श्रीमान निरजन्जनमानसिंह मलेसियाका पूर्वराजदूत हुन्।

4785
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका