जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • यूनियन लाइफले ६४ करोडको आइपिओ निष्काशन गर्ने

यूनियन लाइफले ६४ करोडको आइपिओ निष्काशन गर्ने

यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले आइपिओ निष्काशनका लागि ‘इक्राएनपि आइआर ट्रिपल बि’ रेटिङ प्राप्त गरेको छ । रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार उक्त रेटिङले कम्पनीको प्राथमिक शेयरमा गरिएको लगानी मध्यम किसिमको सुरक्षा रहेको संकेत प्रदान गर्छ ।

कम्पनीले ६४ करोड ५० लाख रुपैयाँको प्राथमिक शेयर निष्काशनका लागि रेटिङ गराएको हो । रेटिङ एजेन्सीको रिपोर्ट प्राप्त भए सँगै अव कम्पनीले प्राथमिक शेयर निष्काशनको अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गर्ने छ ।

रेटिङ एजेन्सिका अनुसार कम्पनीको ब्रान्च तथा अभिकर्ताको नेटवर्क धेरै राम्रो रहेको छ । यस गर्दा पनि केहि हदसम्म कम्पनीको रेटिङ राम्रो आएको हो । जीवन बीमा कम्पनीहरु मध्ये बीमा शुल्क आर्जनका हिसावले कम्पनीको बजार हिस्सा ८ प्रतिशत हाराहारी रहेको छ । तर नयाँ आएका १० जीवन बीमा कम्पनीहरु मध्येको बजार हिस्सा भने २७ प्रतिशत रहेको छ । त्यसैले गर्दा पनि नयाँ आएका जीवन बीमा कम्पनीहरु मध्ये युनियन लाइफ बजार विस्तारमा आक्रामक रहेको पुष्ठी गर्दछ ।

कम्पनीको शाखा सञ्जाल २०२ वटा रहेको छ भने सक्रिय अभिकर्ताको संख्या १४ हजार भन्दा धेरै रहेका छन् अर्को तर्फ कम्पनीबाट अभिकर्ताको काम गर्न ५० हजार भन्दा धेरैले लाइसेन्स प्राप्त गरेका छन् ।

कम्पनीले प्राथमिक शेयर निष्काशन पछि सोल्भेन्सी अनुपात पनि सुधार हुने रेटिङ एजेन्सीले जनाएको छ । हाल कम्पनीको नेटवर्थ दुई अर्ब ३१ करोड रुपैयाँ भन्दा माथि छ । प्राथमिक शेयर निष्काशन पछि कम्पनीको नेटवर्थ तीन अर्ब भन्दा माथि हुनेछ ।

कोभिड १९ का कारण सरकारले निषेधाज्ञा तथा लकडाउन गर्दा कम्पनीको व्यवसाय बृद्धिमा भने असर पुर्याएको एजेन्सीले प्रतिवेदनमा उल्लेख गरेको छ । अझै पनि कोभिडको प्रभाव कायम रहेको र मृत्युदर बढिरहेको हुँदा कम्पनीमा दाबी पर्न सक्ने सम्भाव्यता पनि उत्तीकै रहेको रेटिङ एजेन्सीले जनाएको छ ।

युनियन लाइफ इन्स्योरेन्स कम्पनीले चार वर्ष अगाडि जीवन बीमा व्यवसाय गर्नका लागि लाइसेन्स प्राप्त गरेको थियो । कम्पनीमा नेपालको ठुला ठुला व्यवसायिक समुहहरुले लगानी गरेका छन् । कम्पनीको प्रमुख शेयरधनीहरुमा शेखर गोल्छाको १९.९ प्रतिशत, साहिल अग्रवालको १९.९ प्रतिशत, सुलभ अग्रवालको १८ प्रतिशत, सन्दिप कुमार अग्रवालको ६.६ प्रतिशत, शरद कुमार टिवरेवालको ६.६ प्रतिशत शेयर पूँजी रहेको छ ।

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ५० करोड ५० लाख रुपैयाँ रहेको छ । प्राथमिक शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब १५ करोड रुपैयाँ पुग्नेछ । प्राथमिक शेयर निष्काशन पछि संस्थापक शेयरधनीहरुको हिस्सा ७० प्रतिशत र सर्वसाधारणको शेयर हिस्सा ३० प्रतिशत हुनेछ ।

4835
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?