जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • एनबीआईद्वारा एक हजार थान पीपीई सहयोग

एनबीआईद्वारा एक हजार थान पीपीई सहयोग

राष्ट्रिय व्यवसायिक पहल (एनबीआई)ले चीनबाट खरीद गरी ल्याइएको १ हजार थान व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) सरकारलाई सहयोग गरेको छ । संस्थाले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई करीब रू. ३० लाख मूल्य बराबरको उक्त स्वास्थ्य सामग्री शुक्रवार हस्तान्तरण गरेको हो । मन्त्रालयले आवश्यकताअनुसार ७ ओटै प्रदेशमा उक्त सामग्री प्रदान गर्ने बताएको छ । सो अवसरमा मन्त्री भट्टले कोरोना संकटको चूनौतीपूर्ण परिस्थितिको शुरूआतदेखि नै राष्ट्रिय व्यावसायिक पहलले आर्थिक सहयोग एवं राहत संकलन तथा वितरणमा पु¥याएको योगदानको प्रसंशा गरे । संस्थाबाट सरकारलाई प्राप्त स्वास्थ्य सामग्रीले महामारी नियन्त्रणमा महत्वपूर्ण सहयोग पुग्ने मन्त्री भट्टको भनाइ छ । साथै उनले बन्द उद्योगहरू कसरी पूर्ववत् अवस्थामा चलाउन सकिन्छ भन्नेबारे जिज्ञासा राख्दै निजीक्षेत्र र सरकारबीच हातेमालो गरी अगाडि बढ्ने बताएका छन् ।
यस्तै पहलका अध्यक्ष कुशकुमार जोशीले विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरसको कारण सिर्जित संकटपूर्ण अवस्थाले निजीक्षेत्रका सम्पूर्ण गतिविधि अवरुद्ध भएको बताए । यसले आर्थिक तथा सामाजिक विकासको गति ठप्पप्रायः भएको उनको भनाई छ । अविलम्व एकीकृत राहतका कार्यक्रम ल्याई अर्थतन्त्र चलायमान बनाउनेतर्फ उनले सरकारको ध्यानाकर्षण गराएका छन् । मुलुकको दिगो विकास र सामाजिक उत्तरदायित्वको क्षेत्रमा सरकारसँग हातेमालो गर्दै आएको संस्थाले आगामी दिनमा पनि सहकार्य र सामाजिक उत्तरदायित्वका कामलाई जारी राख्ने प्रतिबद्धता उनले व्यक्त गरे । बन्द उद्योग व्यवसाय सुरक्षित तरिकाले पूर्ववत् अवस्थामा चलाउन सरकारले पनि सहजीकरणको भूमिका खेल्नुपर्नेमा उनको जोड छ ।
त्यसैगरी पहलका संस्थापक अध्यक्ष पद्म ज्योतिले पनि बन्द भएको उद्योग पूर्ण सञ्चालन गर्न सरकार, उद्योगी तथा कर्मचारीसँग समन्वय गरी ठोस योजना ल्याउनुपर्नेमा जोड दिए । पहलका सदस्य तथा सभासद उमेश श्रेष्ठले अहिलेको विषम परिस्थितिमा सरकार, उद्योग र मजदुर संघका प्रतिनिधिबीच छलफल गरी मजदुरहरूको सुरक्षामा केनिद्रत हुनुपर्ने बताए ।

6855
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका