जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • राष्ट्रिय बीमा संस्थानको निमित्त प्रशासकमा महेश रिमाल

राष्ट्रिय बीमा संस्थानको निमित्त प्रशासकमा महेश रिमाल

राष्ट्रिय बीमा संस्थानको निमित्त प्रशासकको जिम्मेवारी महेश रिमालले पाएका छन् । उनले शुक्रबार सो जिम्मेवारी पाएका हुन् ।

बिहीबार कवि प्रसाद पाठकको कार्यकाल सकिए सँगै चार्टर्ड एकाउन्टेण्ट रिमालले सो जिम्मेवारी पाएका हुन् । संस्थानमा हाल उप महानिर्देशक रहेका रिमाल निमित्त प्रमुख प्रशासक तोकिएका हुन् ।

संस्थानको सञ्चालक समितिले हिजोबाट लागू हुने गरी रिमाललाई अर्को व्यवस्था नहुँदासम्मको लागि कामु प्रमुख प्रशासकको जिम्मेवारी तोकेको हो । अहिले विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको समयमा अवस्थामा नियुक्ती प्रक्रिया असहज भएकोले तत्कालका लागि सो जिम्मेवारी उनलाई अख्तियारी दिएकाे बुझिएको छ ।

कामु प्रशासकको जिम्मेवारी तोकिएका रिमालले आजैबाट जिम्मेवारी लिएर कार्य प्रारम्भ गरेका छन् ।

2920
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका