जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • होटल माउण्टेनका रवीन्द्र मल्लको एक अर्ब ३५ करोड र थापाको ५१ करोडको सम्पत्ति लिलामीमा

होटल माउण्टेनका रवीन्द्र मल्लको एक अर्ब ३५ करोड र थापाको ५१ करोडको सम्पत्ति लिलामीमा

कृषि विकास बैंकले द ल्याण्डमार्क अपार्टमेन्ट प्रालि र होटल माउण्टेन प्रालि लिलामीमा राखेको छ। बैंकले फागुन २ गतेसम्म ऋण चुक्ता नगरे फागुन ३ गते सम्पत्ति लिलाम गर्ने भएको छ।

कम्पनीको सञ्चालक रवीन्द्रमान मल्ल हुन्। ब्यवसायिक भवन निर्माणका लागि लिएको ऋण लामो समयदेखि नतिरेपछि बैंकले लिलामीमा चढाएको हो।

बैंकले लिलामीबाट कम्तिमा एक अर्ब ३५ करोड ३९ लाख रुपैयाँ उठाउने छ। सबै धितो सम्पत्ति काठमाडौंस्थि दरबारमार्ग वरपर छ। पाँच वटा कित्ताको जग्गामा दुई वटा घर छन्।

बैंकका अनुसार, एउटा जग्गा २ रोपनी १५ आनाको छ भने अर्को एक रोपनी ४ आनाको छ। बाँकी जमिन चानचुन चार आनाको छ। एउटा घरको क्षेत्रफल ५५ हजार ५३७ वर्ग फिटको छ भने अर्को १६ हजार ९३७ वर्गफिटको छ।

‘पहिले राम्रै पृष्ठभूमिको मान्छे हो। जग्गा जमिनमा केन्द्रित हुँदा समस्या भएको हो,’ बैंक स्रोतले भन्यो, ‘यो निकै पुरानो ऋण हो।’ बैंकले १६/१७ वर्ष अगाडि यो ऋण प्रवाह गरेको थियो।

यद्यपि मल्ल अहिले कर्जा तिर्न नसकेपछि बैंकको कालोसूचीमा छन्। उनी सात वर्षअघि नै कालोसूचीमा परेका थिए।

यसअघि पनि अन्य बैंकले मल्लको अन्य सम्पत्ति लिलाम गरेको थियो। उनको गाडीसमेत लिलामीमा परेको थियो।

यसैगरी बैंकले बीएन सुपरमार्केट प्रालिका सञ्चालक वीरेन्द्र थापा र निशा थापाको सम्पत्ति पनि लिलामी प्रक्रिया अगाडि बढाएको छ।

बैंकले ५१ करोड २६ लाख ९० हजार रुपैयाँ उठाउन बाँकी छ। उनले पनि ब्यवसायिक भवन निर्माणका लागि ऋण लिएका थिए। यो पनि पुरानो ऋण हो। बैंकले यी ऋणहरुको नोक्सानी ब्यवस्थापन गरेर अप-लेखन गरिसकेकोछ ।

काठमाडौंका विभिन्न स्थानमा रहेको आठ वटा कित्ता बैंकले लिलाम गर्दैछ। यसमध्ये दुई वटामा घर छन्। एउटा घर १७ सय २६ वर्ग फिटको छ भने अर्को १९ हजार २३७ वर्ग फिटको छ। वडा नम्बर १८ र र ३२ मा गरेर कुल ५५ आना जति जग्गा छ।

4930
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका