जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • आर्थिक श्वेतपत्र ल्याउँछौं, बजेट अध्यादेश संसदमा पेश हुन्छः अर्थमन्त्री शर्मा

आर्थिक श्वेतपत्र ल्याउँछौं, बजेट अध्यादेश संसदमा पेश हुन्छः अर्थमन्त्री शर्मा

शेरबहादुर देउवाको नवगठित सरकारले अर्थतन्त्रको वास्तविक जानकारी दिनका लागि श्वेत्र पत्र ल्याउने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा बोल्दै अर्थतन्त्रको वास्तविक जानकारी दिने उद्देश्यले श्वेत पत्र ल्याउने घोषणा गरे ।

साढे तीन वर्षअघि केपी शर्मा ओली नेतृत्वको सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले पनि आफू अर्थमन्त्री बने लगत्तै श्वेत्रपत्र ल्याएको थिए । उनले श्वेत पत्रमा उल्लेख गरेका वित्तीय सूचकहरुबारे चर्को आलोचना समेत भएको थियो ।

केपी ओली पदमुक्त भइ फेरि देउवाको नेतृत्वमा सरकार गठन भए लगत्तै अर्थमन्त्री शर्माले श्वेतपत्र ल्याउने घोषणा गरेका हुन् ।

6915
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका