जोडिनुहोस
बुधबार, फाल्गुन १३, २०८२
बुधबार, फाल्गुन १३, २०८२
  • होमपेज
  • आइएमइ लाइफ पनि आइपिओ जारी गर्दै

आइएमइ लाइफ पनि आइपिओ जारी गर्दै

आइएमइ लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणलाई सेयर जारी गर्ने प्रक्रिया सुरु गरेको छ। कम्पनीले तेस्रो वार्षिक साधारण सभामा साधारण सेयर निष्कासनको प्रस्ताव लैजाँदैछ।

कम्पनीले जेठ ३१ गते वार्षिक साधारणसभा डाकेको छ। सभाले सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेपछि धितोपत्र बोर्डमा स्वीकृति प्राप्त हुने छ।

कम्पनीले ६० करोड रुपैयाँको सेयर जारी गर्ने छ। यसपछि चुक्ता पुँजी २ अर्ब पुग्ने छ।

सभाले सञ्चालकको नियुक्तिलाई अनुमोदन गर्ने छ। एक्रस मनि ट्रान्सफर प्रालिका प्रतिनिधि दीपक शर्मा पोखरेलको स्थानमा बाँकी कार्यकालका लागि युगेश भक्त बादेलाई सञ्चालक बनाइएको छ। त्यो नियुक्तिलाई सभाले अनुमोदन गर्ने छ।

बादे आइएमइ जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुन्।

9225
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका