जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • मर्जरको तयारीमा दुई सरकारी बैंक, अर्थ मन्त्रालयले बनायो कार्यदल

मर्जरको तयारीमा दुई सरकारी बैंक, अर्थ मन्त्रालयले बनायो कार्यदल

दुई सरकारी वाणिज्य बैंकलाई मर्जर गरिने भएको छ । मर्जका लागि कार्यदल समेत गठन भएको छ। अर्थ मन्त्रालयले नेपाल बैंक लिमिटेड र राष्ट्रिय वाणिज्य बैंकबीच मर्जर अध्ययन गर्न कार्यदल गठन गरेको हो । यी दुई बैंकको मर्जर सम्बन्धमा अध्ययन विश्लेषण गर्न कार्यदल बनेको आइतबार मन्त्रालयले जानकारी दिएको हो। कार्यदलको संयोजक मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा प्रमुखलाई तोकिएको छ ।

अहिले उक्त महाशाखा प्रमुखमा भुपाल बराल छन्। यसअघि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले समेत सरकारी बैंक समेत मर्जरमा जान आवश्यक रहेको बताएका थिए। पछिल्लो समय निजी क्षेत्रको बैंककै अधिकतम चुक्ता पुँजी ३५ अर्ब हाराहारीमा पुग्न थालेपछि सरकारी बैंकबीच पनि मर्जरको तयारी सुरु भएको हो।
राष्ट्रिय वाणिज्य बैंकको साधारणसभामा सार्वजनिक रुपमा मर्जरको विषयमा बोलेका थिए।

नेपाल बैंकको चुक्ता पुँजी १४ अर्ब ६९ करोड रुपैयाँ रहेको छ। बैंकले आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्ममा २२९ अर्ब रुपैयाँ निक्षेप संकलन गर्न सफल भएको छ भने १७३ अर्ब रुपैयाँ कर्जा विस्तार गरेको छ। चैत मसान्तसम्ममा बैंकले १ अर्ब ७८ करोड २३ लाख रुपैयाँ नाफा गरेको गत वर्ष सोही अवधिमा भने बैंकले २ अर्ब १९ करोडको नाफा गरेको छ। गत वर्षको तुलनामा बैंकको खराब कर्जा बढेर कर्जा नोक्सानी बढ्दा बैंकको नाफा खुम्चिएको छ।

यतिबेला बैंकको खराब कर्जा भने ४.१६ प्रतिशत रहेको छ । नाफा खुम्चिँदा बैंकको वितरणयोग्य नाफा समेत घटेको छ । चैत मसान्तमा बैंकको वितरणयोग्य नाफा १८ करोडमा सीमित भएको छ । गत वर्ष यसै अवधिमा बैंकको वितरणयोग्य नाफा २ अर्ब ७० करोड रुपैयाँ थियो।
चालू आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात चैत मसान्तसम्ममा बैंकले ३ अर्ब ५७ करोड रुपैयाँ नाफा गरेको छ । गत वर्ष सोही अवधिमा बैंक२ अर्ब ६१ करोड रुपैयाँ नाफा गरेको थियो । यता बैंकको चुक्ता पुँजी १५ अर्ब ६३ करोड रहेको छ ।

चैत मसान्तसम्ममा बैंकले ३०२ अर्ब निक्षेप संकलन गरी २२५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकका खराब कर्जा ३.८८ प्रतिशत रहेको छ। बैंक तथा वित्तीय संस्थाहरुको कर्जा रिकोभरी हुन नसक्दा बैंकहरुको खराब कर्जा बढेको छ ।

1370
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?