जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • दसैंमा घर जान शुरु भयो टिकट बुकिङ

दसैंमा घर जान शुरु भयो टिकट बुकिङ

आजबाट दसैंमा घर जानका लागि लामो तथा मध्यम दुरीको बसको टिकट बुकिङ खुलेको छ।

टिकट बुकिङ खुलेसँगै नयाँ बसपार्कका काउन्टरमा टिकट काट्नेको बिहानैबाट भिड लागेको छ। नयाँ बसपार्कमा भने भिडलाई मध्यनजर गर्दै टिकट काउन्टर थप गरिएको छ।

यसैगरी टिकट काट्न आउनेहरु सामाजिक दुरी कायम गर्दै लाइनमा उभिएको देखिन्थ्यो।

नयाँ बसपर्क, पुरानो बसपार्की, कोटेश्वर, कलंकी, चाबहिल, सुन्धारा, सातदोबाटो लगायत क्षेत्रमा पनि टिकट बुकिङ गर्न सकिने नेपाल यातायात व्यवसायी महासंघले जनाएको छ।

काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा अग्रिम टिकट बुकिङका लागि ‘टिकट काउन्टर’ थप गरिएको छ। सरकारले दसैँमा घर जानका लागि लामो तथा मध्यम दूरीका बसको अग्रिम टिकट बुकिङ खुला गरेसँगै नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिले व्यवसायीको सहकार्यमा ‘टिकट काउन्टर’ थप गरेको हो।

प्रालिका मानव संसाधन प्रमुख पंकज मल्लले अग्रिम टिकट बुकिङका लागि नयाँ बसपार्कमा ११ टिकट काउन्टर थप गरेको राससलाई जानकारी दिए। नयाँ बसपार्कबाट हाल ३२ टिकट काउन्टरमार्फत कम्प्युटर प्रणालीका माध्यमबाट यात्रुलाई बस टिकट प्रदान गर्दै आइएको छ।

काठमाडौं महानगरपालिका–२६ गोंगबुस्थित विष्णुमती किनारामा १६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा सार्वजनिक सवारीसाधन आवतजावत गर्दै आएका छन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव पुण्यप्रसाद (सरोज) सिटौलाले अग्रिम टिकट बुकिङपछि बस नम्बर, मिति र समय पहिचान गर्न आग्रह गरे। ‘म अग्रिम टिकट लिने यात्रुलाई टिकट लिएपछि आफू जाने गन्तव्यस्थल, बस नम्बर, मिति र समय पहिचान गरेर बस्न आग्रह गर्दछु,’ महासचिव सिटौलाले भने।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वलाई लक्षित गरेर राजधानीका विभिन्न १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ। उक्त सहायता कक्षमा राजधानीबाट विभिन्न गन्तव्यस्थलसम्म जान लाग्ने भाडादर र यात्रुलाई गन्तव्यस्थलसम्म सहजै जानका लागि आवश्यक समन्वय गर्नेछ।

4325
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका