जोडिनुहोस
शनिबार, साउन ९, २०८३
शनिबार, साउन ९, २०८३
  • होमपेज
  • ९ प्रतिशत ब्याजको नागरिक बचतपत्र भोलिबाट निष्कासन

९ प्रतिशत ब्याजको नागरिक बचतपत्र भोलिबाट निष्कासन

नेपाल राष्ट्र बैंकले ९ प्रतिशत ब्याज दरको नागरिक बचतपत्र २०८३ निष्कासन गर्ने भएको छ। सरकारका लागि आन्तरिक ऋण उठाइदिन राष्ट्र बैंकले २ अर्बको बचतपत्र जारी गर्न लागेको हो।

२ अर्ब रुपैयाँको बचतपत्रको अवधि ५ वर्षको हुने छ। बचतपत्र कम्तिमा १० हजार रुपैयाँको खरिद गर्नुपर्ने हुन्छ। राष्ट्र बैंकले केही दिनमा फेरि अर्को २ अर्बको बचतपत्र जारी गर्ने छ।

बचतपत्रको ब्याज प्रत्येक ६/६ महिनामा भुक्तानी हुने छ। आवेदन असार १ गतेसम्म दिन सकिने छ। सरकारले सोमबारबाट चालु वर्षको तेस्रो चौमासिक तालिका अनुसार आन्तरिक ऋण उठाउन सुरु गरेको छ।

सरकारले डेढ महिनामा एक खर्ब १२ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ। सरकारले चालु वर्ष २ खर्ब २५ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ। यसमध्ये एक खर्ब १३ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइसकेको छ। अब कुल लक्ष्यको ४९.८ प्रतिशत उठाउन लागेको हो।

6280
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?