जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • रिलायबल नेपाल लाइफको साधारणसभा असार ४ गते

रिलायबल नेपाल लाइफको साधारणसभा असार ४ गते

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले असार ४ गते तेस्रो वार्षिक साधारणसभा गर्ने भएको छ । कम्पनीको जेठ १० गते बसेको संचालक समितिको बैठकले कम्पनीको प्रधान कार्यालय ज्ञानेश्वरमा असार ४ गते दिनको एक बजे तेस्रो साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो ।

साधारणभामा संचालक समितिको तेस्रो वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ । त्यस्तै लेखापरीक्षकको प्रतिवेदन सहितको २०७६ असार मसान्तसम्मको वासलात तथा सोही मितिमा समाप्त आर्थिक वर्ष २०७५/७६ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण सहितका अनुसूचिहरु उपर छलफल गरी पारित गर्ने प्रस्ताव छ । कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को प्रस्ताव  छ । सोही प्रस्तावमा हालका लेखापरीक्षक विजयराज घिमिरे पार्टनर जि एण्ड जि एशोशिएट्सलाई नै पुन नियुक्त गर्ने उल्लेख छ ।

सभाले यस अगाडी नियुक्त भएका सञ्चालकको नियुक्तिलाई अनुमोदन गर्ने छ । सर्वसाधारणलाई छुट्टाईएको शेयर जारी गर्ने सम्बन्धमा छलफल गर्ने कार्यक्रम रहेको छ । कम्पनीले दोस्रो वार्षिक साधारणसभाबाटै प्राथमिक शेयर निष्काशनको प्रस्ताव पारित गरिसकेको छ । अव गर्न लागिएको साधारणसभा सम्पन्न भए पछि मात्रै कम्पनीलाई प्राथमिक शेयर निष्काशन गर्ने सम्पुर्ण कानुनी बाटोहरु खुला हुने छ । यध्यपी कम्पनीले  प्राथमिक शेयर निष्काशनको प्रकृयाँ अगाडी बढाइसकेको छ ।

अहिलेको असहज परिस्थितिलाई मध्यनजर गर्दै कम्पनीले भर्चुअल माध्यमबाट साधारणसभा सम्पन्न गर्ने भएको छ । साधारणसभामा भाग लिनका लागि कम्पनीले शेयरधनीहरुलाई ४८ घण्टा अगाडी नै जुमको आइडी पासवर्ड प्रदान गर्ने छ ।

5155
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?