जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • सिटिजन्स बैंकको लोभ लाग्दो प्रगति, नाफा ३३.४० प्रतिशत बढ्यो, वितरणयोग्य मुनाफा शतप्रतिशत बृद्धि

सिटिजन्स बैंकको लोभ लाग्दो प्रगति, नाफा ३३.४० प्रतिशत बढ्यो, वितरणयोग्य मुनाफा शतप्रतिशत बृद्धि

मर्जरमा आक्रामक रुपमा लागेको सिटिजन्स इन्टरनेशनल बैंकले हालसम्म विभिन्न ६ संस्थालाई गाभिसकेको छ । मर्जरमा आक्रामक बनेको बैंकको वित्तिय अवस्था लोभ लाग्दो देखिन्छ । गत असार २७ गते सिर्जना फाइनान्सलाई प्राप्ति गरि एकिकृत कारोबार शुरु गरेको थियो । बैंकले गत आवको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेअुनसार सबै सूचकमा अब्बल देखिएको छ ।

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ३३.४० प्रतिशतले बढेर १ अर्ब ५९ करोड ८७ लाख ९३ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षको सोही अवधिमा बैंकले १ अर्ब १९ करोड ८५ लाख ४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

त्यस्तै, बैंकको गत आवको चौथो त्रैमासमा खुद ब्याज आम्दानी २५.०८ प्रतिशतले बढेर ३ अर्ब ६० करोड ८१ लाख ४९ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा २ अर्ब ८८ करोड ४७ लाख ५३ हजार रुपैयाँ आर्जन गरेको थियो ।

ग्त आर्थिक बर्षको असार मसान्तसम्म बैंकको सञ्चालन मुनाफा ४३.६६ प्रतिशत बढेर २ अर्ब १५ करोड ३५ लाख २३ हजार रुपैयाँ रहको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको सञ्चालन मुनाफा १ अर्ब ४९ करोड ९० लाख २३ हजार रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा बैंकको चुक्ता पूँजी ३८.३६ प्रतिशत बढेर १२ अर्ब ५७ करोड ६९ लाख २३ हजार रुपैयाँ, जगेडा कोष ४०.९२ प्रतिशत बढेर ६ अर्ब ९ करोड ८९ लाख ९६ हजार रुपैयाँ, निक्षेप संकलन ५८.९२ प्रतिशत बढेर १ खर्ब ४० अर्ब ६२ करोड ८४ लाख ८१ हजार रुपैयाँ र कर्जा ५०.१३ प्रतिशत बढेर १ खर्ब १८ अर्ब ५७ करोड ८ लाख ७७ हजार रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक बर्षको सोही अवधिमा बैंकको चुक्ता पूँजी ९ अर्ब ८ करोड ९८ लाख १७ हजार रुपैयाँ, जगेडा कोष ४ अर्ब ३२ लाख ७९ हजार रुपैयाँ, निक्षेप संकलन ८८ अर्ब ४९ करोड ६२ लाख २८ हजार रुपैयाँ र कर्जा ७८ अर्ब ९७ करोड ६३ लाख ९५ हजार रुपैयाँ रहेको थियो ।

यस अवधिमा बैंकको वितरण योग्य मुनाफा ९१.५७ प्रतिशतले बढेर १ अर्ब ५७ करोड ८५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ८२ करोड ३९ लाख ९९ हजार रुपैयाँ रहेको थियो ।

बैंकको प्रतिशेयर आम्दानी समीक्षा अवधिमा १ रुपैयाँ ५० पैसा बढेर १५ रुपेयाँ ३८ पैसा पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपातथ २५.१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ ४९ पैसा रहेको छ ।

2855
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका