जोडिनुहोस
बुधबार, फाल्गुन १३, २०८२
बुधबार, फाल्गुन १३, २०८२
  • होमपेज
  • साओमीले भित्र्यायो प्रिमियम सेग्मेन्टको एमआइ ११ स्मार्टफोन

साओमीले भित्र्यायो प्रिमियम सेग्मेन्टको एमआइ ११ स्मार्टफोन

साओमी नेपालले एमआइ ११ प्रिमियम स्मार्टफोन लन्च गरेको छ। साओमीले एमआइ ११ मुभि म्याजिक फोन भित्र्याएको घोषणा शुक्रबार गरेको हो।

तीन रङमा उपलब्ध हुने यो फोनमा सिनेम्याटिक १०८ मेगापिक्सेलको क्यामरा रहेको कम्पनीले जनाएको छ।

फाइभ-जी नेटवर्क सपोर्ट गर्ने यो स्मार्टफोनमा क्वालकम स्न्यापड्रागन ८८८ प्रोसेसर प्रयोग भएको छ भने अमेरिकी कम्पनी हर्मन कार्डोनको साउन्ड सिस्टम प्रयोग गरिएको बताइएको छ।

आठ जीबी र्‍याम र २५६ जीबी स्टोरेज रहेको एमआइ ११ स्मार्टफोनमा ब्याट्रीको क्षमता ४६ सय एमएएच छ। साओमी नेपालले आगामी जुन अन्तिमसम्म स्मार्टफोन खरिद गरे एक पटकका लागि एक वर्ष अवधिको ब्रेकेज इन्स्योरेन्स दिने जनाएको छ।

स्मार्टफोन केही दिन भित्रै रिटेल स्टोरहरुमा उपलब्ध गराउने गरी कम्पनीले मूल्य ९० हजार रुपैयाँ तोकेको छ।

9230
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका