जोडिनुहोस
बुधबार, बैशाख ५, २०८१
बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • हिमालयन रि इन्स्योरेन्सका अध्यक्ष गोल्छाले शपथ लिए

हिमालयन रि इन्स्योरेन्सका अध्यक्ष गोल्छाले शपथ लिए

दोस्रो पुनर्बीमा कम्पनी हिमालयन रि इन्स्योरेन्सका अध्यक्ष शेखर गोल्छाले पद तथा गोपनीयताको शपथ लिएका छन् । कार्तिक २६ गते सम्पन्न प्रथम वार्षिक साधारणसभाबाट आगामी ४ वर्षका लागि गोल्छा अध्यक्ष पदमा चयन भएका थिए ।

अध्यक्ष गोल्छाले बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट पद तथा गोपनीयताको शपथ लिएका हुन । शुक्रबार बीमा समितिको कार्यालय कुपण्डोलमा आयोजित कार्यक्रममा समितिका अध्यक्ष सिलवालले इन्स्योरेन्स कम्पनीका नवनियुक्त अध्यक्ष गोल्छालाई शपथ गराएका थिए ।

बीमा समितिबाट जेठ १७ गते लाइसेन्स लिएको कम्पनीले आइपिओ ल्याउने भएको हो । कम्पनीको वार्षिक साधारणसभाले सर्वसाधारणका लागि आईपीओ ल्याउने प्रस्ताव पारित गरेको थियो । 

हिमालय रि–इन्स्योरेन्समा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा गोल्छा गु्रपका अध्यक्ष शेखर गोल्छा, पूर्व अध्यक्षद्वय पशुपति मुरारका र भवानी राणा, नेपाल परिसंघका वर्तमान अध्यक्ष सतिश मोरका साथै शंकर ग्रुपका शाहील अग्रवाल र सुलभ अग्रवाल लगायतको लगानी रहेको छ ।

 त्यस्तै, हिमालय रि कम्पनीमा व्यवसायी दिपक भट्ट, दुगड ग्रुपका विकास दुगड, एमभि दुगड ग्रुपका विवेक दुगड, लक्की ग्रुपका रोहित गुप्तालगायतका व्यवसायिक घरानाको लगानी छ ।समितिले पुनर्बिमा कम्पनीको चुक्ता पुँजी १० अर्ब रुपैयाँभन्दा बढी हुनुपर्ने व्यवस्था गरेको छ । 

4155
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका