जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • एनआईसी एशिया बैंकले बोलायो साधारण सभा

एनआईसी एशिया बैंकले बोलायो साधारण सभा

एनआइसी एसिया बैंकले २७ औं वार्षिक साधारणसभा बोलाएको छ । बैंकले माघ २८ गते बसेको सञ्चालक समिति बैठकले फागुन २२ गते आर्मी अफिसर्स क्लब भद्रकालीमा वार्षिक साधारण सभा बोलाएको हो ।

बैंकका अनुसार सभामा ५ अर्ब रुपैयाँको एनआइसी एसिया अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव लैजाने भएको छ । सभामा एनआइसी एसिया अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न सम्बन्धित निकायहरुको आवश्यक स्वीकृति प्राप्त गर्ने क्रममा कुनै फेरबदल, संशोधन वा थपघट गर्न निर्देशन वा सुझाव प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रत्यायोजन गर्ने प्रस्ताव लैजाने भएको छ।

त्यस्तै सभामा बैंकको अधिकृत पुँजी १४ अर्ब ९२ करोड रुपैयाँबाट वृद्धि गरी १९ अर्ब ९२ करोड रुपैयाँ पुर्याउने प्रस्ताव लैजाने भएको छ । सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, सहायक कम्पनी एनआइसी एसिया लघुवित्त वित्तीय संस्था र एनआइसी एसिया क्यापिटलको आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण पारित गर्ने प्रस्ताव लैजाने छ ।

सभा प्रयोजनका लागि फागुन ८ गतेदेखि २२ गतेसम्म बुक क्लोज गर्ने भएको छ । फागुन ७ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउने बैंकले जनाएको छ ।

2235
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?